थामी महिलालाई घर बनाउने चिन्ता


प्रकाशित मिति :2017-10-29 18:05:26

सर्मिला बुढाथोकी\महिला खबर

दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर–२ फुलपाकी ६० वर्षीया सर्किनी थामी भुकम्प गएको तीन बर्ष वितिसक्दा पनि अझै टहरामै छिन् । सरकारले अनुदान रकमको पहिलो किस्ता ५० हजार दिएको भएपनि आफ्नो जमिन नभएकोले घर बनाउन नसकेको सर्किनी थामीको गुनासो छ ।

गैरसरकारी संस्थाहरूले अस्थायी टहरा नबनाइदिएकोले अहिलेसम्म त्यसैमा बसेका छौँ सर्किनीले भनिन्, ‘स्थायी आवास बनाउन नसकिदा अझैपनि शित, ताप, भोक प्यास खपेर बस्नु परेको छ ।’ बाबुबाजे बसेको जग्गामा तहल्सिङ (मालिक)ले घर बनाउन नदिने भन्ने सुनेको बताउने सर्किनी कसरी जहान बच्चा र आपूm पालिने भन्ने चिन्तामा परेकी छन् ।

आफ्नो गुनासो राख्दै सर्किनी थामी

३६ वर्षीया आइती थामीको दुखेसो पनि सर्किनीको जस्तै छ । आफ्नो जग्गा नभएको र बाबु बाजे बस्दै आएको जग्गामा घर बनाउने अनुमति तहल्सिङले नदिएको कारण अझै पनि आफूहरू टहरामै बस्नु परेको आइती बताउछिन् । संस्थाले बनाइदिएको अस्थायी टहरा बाहेक आफुसँग अरु केही नभएको आइतीको भनाई छ ।

आफ्नो कुरा राख्दै आईती थामी

सरकारले केहि न केहि व्यवस्था गरिदिन्छ भन्ने आशमा बाँचिरहेको साइली बताउछिन् । तहल्सिङले जग्गा नदिए आफूले किनेर घर बनाउने औकात नभएको भन्दै साइली भन्छिन्, ‘खै सधै टहरामै बस्ने भाग्य पो छ की !

भीमेश्वर नगरपालिका वडा नम्बर २ फुलपाका करिब चार सय घरपरिवार जग्गाविहीन छन् । जसका कारण घर धानेर बसेका महिलाहरू पीडित बनेका छन् । उनीहरूलाई तहल्सिङले जमिन नदिने हो भने घर बनाउने अवस्था छैन । आर्थिक अवस्था कम्जोर रहेको र व्यवसाय पनि खासै केहि नभएको फुलपावासिको लागि सरकारले विशेष व्यवस्था गरिदिनु पर्ने सर्किनी थामीको आग्रह छ ।

फुलपा गाउँ

युएन ह्रयाबिटेट, काजस्टरको आर्थिक सहयोग तथा हुराडेक नेपालको सहजीकरणमा फुलापाका भूमिहीनका लागि स्थायी आवासका लागि सचेतीकरण र सरकारका लागि वकालतको काम भइरहेको हुराडेकका अध्यक्ष होम पाठकले बताए । पाठकका अनुसार भूमिहीनहरूको घरधुरी सर्वेक्षण भइरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका प्रमुख सागर आचार्यले आवास निर्माणका लागि नगरपालिकाले बसिआएको जग्गाको विवरण खुलाएर सिफारिस गर्न सक्ने नियम आएकाले उनीहरूले स्थायी आवास बनाउन पाउने बताए । समस्या समाधानका लागि स्थानीय निकाय मार्फत पहल भएमा जग्गा विहिन थामीहरूले घर बनाउन सक्ने उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: