बालिकालाई बलात्कारपछि आँखा झिकेर हत्याको प्रयास गर्ने युवक पक्राउ
महिला खबर
काठमाडौं । बालिकाको बलात्कार पछि आँखा झिकेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकाको बलात्कार पछि आँखा झिकेर हत्या गर्न खोज्ने भोजपुरका २० वर्षीय एक युवकलाई आइतबार पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बालिका शनिबार भीरबाट लडेर आँखा निस्केर अचेत अवस्थामा फेला परेकी र आफन्तले उपचारका लागि धरान लगेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पन्जीयारले महिला खबरलाई बताए ।
बालिकाको उपचार धरानको एक अस्पतालमा भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
अस्पतालमा उपचारका क्रममा बालिकाले आफू बलात्कृत भएको बताएपछि पीडित परिवारले हिजो जिल्ला प्रहरी कार्यालय सुनसरीमा जवरजस्ती करणी अन्तरर्गत मुद्धा दर्ता गरेको भोजपुरका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेले बताए ।
प्रनाउले बालिकाको बलात्कार पछि आँखा झिकेर हत्याको प्रयास भएको बताएका छन् । ‘बालिकाको बयान अनुसार बलात्कारपछि आँखा झिकेर हत्याको प्रयास भएको छ । अहिले उनको उपचार भइरहेको छ’ उनले भने । बालिका बलात्कारको मुद्धा भोजपुरको भएकाले थप अनुसन्धानका लागि भोजपुर पठाउने तयारी भइरहेको पनि प्रनाउ पौडेलले बताए ।
Comment Here!