समानुपातिकको अन्तिम सूचिमा महिला


क्षतिपूर्तीसहित महिला सहभागिता बढाउन आग्रह

प्रकाशित मिति :2017-10-30 12:53:11

–महिला खबर–

काठमाडौं । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनका लागि दलहरूले समानुपातिकतर्फ आइतबार अन्तिम सूची बुझाएका छन् ।

प्रत्यक्षमा ५ प्रतिशत मात्र महिला उम्मेदवार उठाएका दलहरूले समानुपातिकतर्फबाट भने केही महिलालाई स्थान दिएका छन् । नेपाली कांग्रेसले समानुपातिक सूचीमा कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू सुजाता कोइराला, पुष्पा भुसाल, सुजाता परियार र लक्ष्मी परियारको नाम बुझाएको छ । समानुपातिक सूची बुझाउँदा संस्थापन पक्षले ६० र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ४० प्रतिशत हिस्सा लिएको थियो ।

यसअघि समानुपातिक सूचीमा राखिएका कमला पन्त, सीता गुरुङको नाम सूचीबाट हटाइएको छ । केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको नाम समेत समानुपातिक सूचीबाट हटाइएको छ । उपाध्यायलाई मकवानपुर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाइने भएको छ ।

यता वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले करिब ६० प्रतिशत महिला उम्मेदवार समेटेर समानुपातिक सूची बुझाएको जनाएका छन् । दुवै दलले केन्द्र (प्रतिनिधिसभा) र प्रदेशसभा दुवैका लागि कुल समानुपातिक सिट संख्या ३ सय ३० जनाकै नाम सूचीमा पेस गरेका छन् ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले केन्द्रमा १ सय १० र प्रदेशमा २ सय २० जनाको सूची आयोगकको कार्यालय समयमै पेस गरिएको बताइन् । त्यसमा महिला बढी रहेको उनको भनाई छ । माओवादी केन्द्रले करिब ६० प्रतिशत महिला उम्मेदवार सिफारिस गरेको उनको भनाई छ ।

क्षतिपूर्तीको माग

यता महिला नेताहरूले पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता कम भएको भन्दै क्षतिपूर्तीको माग गरेका छन् । जागरण मिडिया सेन्टरले शुक्रबार आयोजना गरेको अन्र्तक्रियामा नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले महिलाहरू सक्षम हुँदाहुँदै प्रत्यक्षबाट हटाइएको बताइन् । उनले भनिन्, ‘दलहरूले पहिलो चरणको निर्वाचनको क्षतिपूर्ती सहित दोस्रो निर्वाचनमा महिला सहभागिता बढाउनुपर्छ । ’

माओवादी नेता रेखा शर्माले पार्टीहरूमा एक जना महिलाले चुनाव लड्दैन भन्यो भने सबैले लड्दैनन् भन्ने दृष्टिकोण रहेको बताइन् । उनले भनिन्, ‘दलहरूलाई महिला सहभागिता फलामको चिउरा चपाएको जस्तो गाह्रो भएको छ । ’ कानुनमा बाध्यत्मक व्यवस्था नहुँदा अहिले निर्वाचनमा महिला सहभागितामा समस्या देखिएको उनको भनाई छ ।

राजपाका नेता पुष्पा ठाकुरले संवैधानिक व्यवस्था नहुँदा प्रत्येक्षमा महिला ५ प्रतिशतमा खुम्चेर बस्नुपरेको बताइन् ।

नेकपा मालेकी नेता निलम केसीले अझैपनि राजनीतिक दलमा पुरुष प्रधान मानसिकता रहेको बताइन् ।

अन्तरपाटी महिला संञ्जालकी पूर्व अध्यक्ष शशी श्रेष्ठले महिलालाई राष्ट्र निर्माणमा समावेश नगरे देशमा ठूलो दुर्घटना निम्तने चेतावनी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: