गोठमै सुत्केरी हुन्छन् गाउँका महिला


प्रकाशित मिति :2017-10-30 14:50:00

ध्रुव बीसी / अछाम

अछामको मंगलसेन–१ कुन्तीढुंगानीकी भरू थापा सुत्केरी हुने दिन बिहानै गोठमा सरिन् । गाउँभरका महिला जम्मा भएर सुत्केरी गराउन परम्परागत विधि सुरु गरे । लामो कसरतपछि मध्यरातमा मात्र उनले बच्चा जन्माइन् । कुन्तीढुंगानीलगायत जिल्लाका अधिकांश ठाउँका गर्भवती महिलाहरू अहिले पनि गोठमै सुत्केरी हुन्छन् । उनीहरू सुत्केरी भएको १३ दिनसम्म गोठमा बस्नुपर्छ । सुत्केरी हँुदा छाउ मान्ने सामाजिक कडा नियमले गर्दा महिलाहरूलाई गोठमा राख्ने गरिएको गाउँकै जगतबहादुर थापाले बताए ।

कुन्तीढुंगानी, अछामकी दीपा नेपालीका सात सन्तान । उनीहरू सबै गोठमै जन्मिएका हुन् ।

‘प्रचारमा आएजस्तो गाउँमा कुनै परिवर्तन भएको छैन,’ उनले भने, ‘अहिले पनि सुत्केरीलाई छुनुहुँदैन भन्ने सामाजिक मान्यता छ त्यसैले सुत्केरी भएको १३ दिनसम्म गोठमै बस्नुपर्छ ।’ जिल्ला स्वास्थ्य कर्यालयको तथ्यांकअनुसार जिल्लाका २६ प्रतिशत महिला सुत्केरीहुन अस्पताल आउँदैनन् । उनीहरू सबै परम्परागत विधिको भरमा गाउँमै सुत्केरी हुने गरेको जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए । ‘सबै महिला सुरक्षित सुत्केरी हुँदैनन्,’ उनले भने, ‘नजिक स्वास्थ्य संस्था नहुँदा यो समस्या भएको हो ।’ भौगोलिक विकट, गरिबी र चेतनाको अभावले पनि महिलाहरू स्वास्थ्यको पहँुचबाहिर रहेको उनले बताए । जिल्लाको बारला, पुल्लेतोला, बलाता, ढुंगाचाल्नाको टिमु, डुफा, थारम, ढिल्की, मंगलसेनको बस्ती, कालागाउँ, लेस्टिगाडलगायत गाउँका महिला अहिले पनि गोठमै सुत्केरी हुन्छन् । जिल्लाभर ७९ स्वास्थ्य संस्था भए पनि अधिकांश गाउँवासीको पहुँच त्यहाँसम्म छैन ।

जिल्लामा बर्थिङ् सेन्टर जम्मा ६३ वटा मात्र छन् । १६ ठाउँमा अझै बर्थिङ सेन्टर स्थापना गर्न नसक्दा त्यहाँका महिलाहरूले चाहेर पनि सुरक्षित सुत्केरी सेवा लिन नपाएको तुर्माखाद–२ भुलुका निर्मलबहादुर शाहीले बताए । ‘बर्थिङ् सेन्टर जानै दिन लाग्छ,’ उनले भने, ‘गइहाले पनि त्यहाँ पुग्दा स्वास्थ्यकर्मी भेटिँदैनन्, गर्भवती महिला बोकेर स्वास्थ्य संस्था पुग्दा धोकामात्र हुन्छ ।’

रहफको भुलु तथा ढुंगाचाल्नाको टिमु, डुफा र थारमका बासिन्दालाई स्वास्थ्य चौकी पुग्नै कम्तीमा एक दिन पैदल हिँड्नुपर्छ ।  नजिक स्वास्थ्य संस्था नहँुदा अहिलेसम्म सुत्केरी हुन नसकेर कतिले ज्यान गुमाए कुनै लेखाजोखा छैन । पछिल्लो समय अस्पतालमै पुगेर सुरक्षित सुत्केरी गराउने चेतनाको विकास भए पनि भौगोलिक विकटताले यहाँका गर्भवतीलाई सकस छ । उनीहरू नियमित गर्भ जाँचलगायत आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको तिमिल्सैन स्वास्थ्य चौकीकी अहेब धनसरा अधिकारीले बताइन् ।

सरकारले पैसा दिएर सुत्केरी हुन आउनुस् भन्दा पनि विकटताकै कारण महिलाहरू स्वास्थ्य संस्थामा नआइदिँदा सेवा विस्तार र सेवा प्रवाहमा चुनौती थपिएको छ । उनका अनुसार नजिक स्वास्थ्य संस्था नहँुदा अहिले पनि गोठमै सुत्केरी हुने आमाको संख्या घट्न सकेको छैन ।

साभार : राजधानी दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: