-यमुना खनाल-
सिराहा । छठ पर्बको अवसरमा आयोजना भएको नाचगान हेर्न गएका दुई दिदिबहिनी माथि जबरजस्तीको प्रयास गर्ने बिरुद्ध पिडीतले ईलाका प्रहरी कार्यलय लाहानमा मुद्धा दर्ता गरेका छन् ।
सिराहाको लाहान नगरपालिका बेली गाउँका सन्तोष माली (भन्डारी) र देब नारायण पूर्बे बिरुद्ध जबरजस्तीको प्रयास गरिएको भन्दै उजुरी हालिएको हो । देब नारायण पूर्बे ईलाका प्रशासन कार्यालय लाहानमा करारमा कार्यरत कर्मचरी हुन् ।
गएको बिहीबार राती छठ पूजाको अवसरमा भएको नाँचगान कार्यक्रम हेर्न जाँदै गरेका किशोरीलाई बाटोमा भेटिएका छिमेकी सन्तोष र देब नारायणले जबरजस्तीको प्रयास गरेका थिए । उनीहरु बिरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत मुद्धा दता गरिएको पिडीतका आफन्तले बताएका छन् ।
कार्यक्रम हेर्न जादैगर्दा बिच बाटोमा भेटिएका उनीहरुले किशोरीलाई घर पुर्याइ दिन्छौ भन्दै मोटर साईकलमा बसाएर गाउँभन्दा पर रहेको पोखरीमा लगी जबरजस्ती गर्ने प्रयास गरेका थिए ।
पोखरी नजिक लगेर जबरजस्ती गर्न खोजेपछि दिदिबहिनी मध्येकी ठुली दिदिले प्रतिकार गरेर घर भाग्न सफल भएकी थिईन् भने बहिनी भागेर धान खेतमा लुक्न सफल भएकी थिईन् ।
Comment Here!