पूर्वाधारका हरेक संरचना अपाङ्गमैत्री हुनुपर्छः अध्यक्ष शर्मा


प्रकाशित मिति :2017-10-30 16:35:55

–महिला खबर–

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अब बन्ने नयाँ पूर्वाधारका संरचना अपाङ्गमैत्री हुनुपर्ने बताएका छन् ।

पोखरामा सोमबारदेखि सुरु भएको अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था विषयक दुईदिने प्रादेशिक सम्मेलनको उद्घाटन गदै उनले संरचना अपाङगमैत्री नहुँदा समस्या भएको बताए ।  अध्यक्ष शर्माले राज्य पक्ष वा गैरराज्य पक्षबाट जोसुकैबाट मानव अधिकार विरोधी घटना भएपनि अधिकारकर्मीसँग हातेमालो गर्दै दबाब दिने बताए ।

पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अपाङ्गता भएका व्यक्तिलाई महानगरले दिएको सेवामा बारेमा जानकारी गराए ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले सम्मेलनबाट प्राप्त सुझावले अपाङ्गहरुले भोग्नु परेका समस्या समाधानमा आधारपत्र तयार हुने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको सम्मेलन मंगलबारसम्म सञ्चालन हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: