बेवारिसे बालिका परिवारको जिम्मा


प्रकाशित मिति :2017-10-31 11:35:38

काठमाडौं । असहाय बाल विकास नेपाल, दाङमा राखिएकी एक बेवारिसे बालिका परिवारलाई जिम्मा लगाइएको छ । बालिकाका परिवारलाई सोमबार जिम्मा लगाइएको हो । इलाका प्रहरी कार्यालय खिलतपुरले बेवारिसे अवस्थामा भेटृाएपछि ती बालिकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको जिम्मा लगाएको थियो ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरले ती बालिकाको पालन पोषण तथा शिक्षादीक्षाका लागि यही कात्तिक ६ गते दाङको बिजौरीमा रहेको असहाय बाल विकास नेपालमा जिम्मा लगाएको थियो । बबई गाउँपालिका–६ बगाले घर भएकी बालिका लीलावती राणालाई इलाका प्रहरी कार्यालय तुलसीपुर, असहाय बाल विकास नेपाल र न्यू सिपिसीको रोहबरमा परिवारलाई जिम्मा लगाइएको हो ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्ट, असहाय बाल विकास नेपाल, बिजौरीका अध्यक्ष विष्णु चौधरी, न्यू सिपिसीका अध्यक्ष नवराज लामिछाने, तुलसीपुर उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीलगायतको रोहबरमा उनका बुबा पले रानालाई जिम्मा लगाइएको असहाय बाल विकास नेपालले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: