रुजु खतिवडा\महिला खबर
पाँचथर । जिल्लामा २५ जना पुरुष उम्मेदवारका बिच एक्लै महिलाले प्रतिष्पर्धा गर्ने भएकी छिन् ।
प्रतिनिधिसभाको एउटा र प्रदेश सभाका दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ११ दलका २५ जनामध्ये एक जनामात्र महिला उम्मेद्वार बनेकी छन् । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पाँचथरले पाँचथरको प्रतिनिधिसभा सदस्य पदमा शान्तिमायाँ लिम्वु (शिग)लाई उम्मेद्वार बनाएको छ ।
आगामी मंसीर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँचथर जिल्लाका अन्य कुनै पनि दलहरुले प्रत्यक्षतर्फको चुनावमा महिला सहभागी गराउन सकेनन् ।
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र भएको पाँचथरमा एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पाँचथरले शिगु (लिम्वु) को नाम सिफारिस गरेको हो । समानुपातिकतर्फ भने अन्य थुप्रै दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाको लागि महिलाहरुको नाम सिफारिस गरेको छ ।
१८ पुरुषको सामु एक्ली महिला उम्मेदवार बजिमय
आउँदो मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा खोटाङबाट एकजना महिलाले मात्र उम्मेदवारी दिएकी छिन् ।
जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी दिएकी हुन् । उनले नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् ।
बजियम विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बनेकी थिइन् । काँग्रेस निकट महिला संगठनबाट २०३६ सालदेखि राजनीति शुरु गरेकी बजिमय महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्यलगायतको भूमिका निर्वाह गरिसकेकी छिन् ।
Comment Here!