वेवारीसे धर्मपुत्रीको नागरिकता बनाउने चिन्ता


प्रकाशित मिति :2017-10-31 13:25:15

धर्म आमा देवकी खड्कासंग माइली ।

सर्मिला बुढाथोकी\महिला खबर

दोलखा।२०५७ साल माघ महिनाको एक साँझ । भीमेश्वर मन्दिर जानेबाटोमा एक अवोध वालिका हातमा एउटा प्लाष्टिकको झोला, झोला भित्र एउटा मैलो चोली र एक सीसी औषधिसँगै माईली तमाङ बर्ष १० लेखेको सानो कागजको टुक्रासंग बेवारीसे थिईन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलकी देवकी खड्काले त्यो वेवारीसे बालिकालाई देखिन । हात खुट्टा पट् पट्टी फुटेको, मैलो लुगा लगाएकी, आफ्नो नाम, थर, ठेगाना बताउन नसक्ने अबोध बालिकाको रोदनमा भावुक बनेकी देवकीले माईलीलाई आफ्नो घर लगिन् । हनहनी ज्वरो आएको बालिकालाई देवकीले घरेलु उपचार गरिन् र तीन दिन पछि उनको परिवार खोज्न अनुरोध गर्दै जिल्ला प्रहरी कार्यालय पुगिन् । दुई छोरा, दुई छोरीकी आमा देवकीलाई सन्तानको रहर थिएन तर प्रहरीले बालिका विरामी भएकोले अहिले आफै राख्नु भनेपछि उनले माईलीको पालन पोषण गरिन् ।

सुस्त मनस्थितिकी २६ बर्षिय माईलीको नागरिकता बन्न नसक्दा उनले न राज्यबाट पाउने सेवा सुविधा लिन सकेकी छन् न अन्य कुरामा नै सजिलो भएको छ । अहिले माईलिको बोलाउने नाम करिष्मा हो । ‘उनको नाममा सहकारीमा थोरै बचत पनि गरिदिएको छु,’ खड्का भन्छिन्, ‘कारोवार गर्न नागरिकता चाहियो तर नागरिकता बनाई दिन सकेको छैन ।’ नागरिकता बनाउने कुनै उपाय छ कि भनेर नगरपालिकाको कार्यलय पुगेको भएपनि कुनै उपाए नपाएको गुनासो गर्ने खड्का मिल्ने भए आफ्नै नामबाट नागरिकता बनाईदिने बताउछिन् ।

सुस्त मनस्थितीकी माइलीलाई सधै सहयोगीको आवश्यक पर्छ । ‘आगो चलाउने, टाउकोमा पानी खन्याउने गर्छिन, तर पनि उसको स्याहारमा कमी गरेको छैन’ खड्काले भनिन् । आफ्नो चार छोरा छोरी र श्रीमान्ले माइलीलाई घरकै सदस्यको रुपमा स्वीकार गरेको र गाउँका केही बृद्धाले धर्म गरिस भनेर स्यावासी दिएकाले पनि माईलिको स्याहारमा उत्प्रेरणा मिलेको खड्का बताउँछिन् । सन्चो हुदा घरमा अह्राएको सामान्य काम गर्छै तर आफ्नो सरसफाईमा ध्यान पु¥याउन सक्दिन । बिद्यालय पठाउन निक्कै कोसीस गरे तर मानिन उनी भन्छिन्, ‘माईलिलाई म बाँचुञ्जेल रेखदेख गरुला तर मेरो सेखापछि नागरिकता नहुदा समस्या हुन्छ भन्ने चिन्ताले सताएको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: