पदाधिकारीविहीन बन्यो महिला आयोग, छिट्टै नयाँ कार्य समिति बन्ने


प्रकाशित मिति :2017-10-31 14:33:13

–महिला खबर–

काठमाडौं । राज्यको संवैधानिक निकायको रुपमा रहेको राष्ट्रिय महिला आयोग पूरै पदाधिकारीविहीन बनेको छ । यसअघि भगवती घिमिरे कार्यवाहक अध्यक्षको रुपमा कार्यरत थिइन् । घिमिरेको समेत यही कात्तिक ६ गतेबाट कार्यकाल सकिएको हो । आयोग कार्यबाहक अध्यक्षको भरमा सञ्चालन हुँदै आएको थियो ।

घिमिरेले आयोगले संवैधानिक हैसियत प्राप्त गरिसकेको भन्दै नयाँ कार्य समितिको लागि बाटो खुलेको बताइन् ।  उनले भनिन्, ‘अहिले देशमा निर्वाचनको माहोल छ । त्यसैले आयोगमा कसैको ध्यान जान सकेको छैन ।’ महिला आयोग सम्वन्धि विधेयक पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको भन्दै घिमिरेले आयोग पदाधिकारीको नियुक्तसंगै अन्य थुप्रै कामहरुमा अगाडी बढ्ने बताइन् ।

उनले अहिले आयुक्तबिना आयोग रहेको भन्दै सबै काम अवरोध नभएपनि पदाधिकारी हुँदाको जस्तो सहज नहुँने बताइन् । डेढ वर्षअघि पेस भएको ‘महिला आयोग विधेयक, २०७४’ व्यवस्थापिका–संसद्ले असोज २२ गते पारित भएर राष्ट्रपतिबाट प्रमाणीरकण भइसकेको छ ।
‘राष्ट्रिय महिला आयोगलाई संविधानले नै संवैधानिक आयोगका रुपमा रहने व्यवस्था गरिसकेको छ । विधेयक पास नहुँदा विभिन्न प्रक्रिया अगाडी बढाउन नमिल्ने भएकाले डेढ वर्षदेखी पदाधिकारीका रुपमा म एक्लै थिएँ । अब यो ऐन पास भएर आइसकेको छ । ऐनको हिसाबले सबै बाटो खुलेको छ’ घिमिरेले भनिन् ।


आयोगमा पाँच जना पदाधिकारी रहनेछन् । जसमा एक जना अध्यक्ष र चार जना सदस्य रहनेछन् । पहिला पदाधिकारीको कार्यकाल पाँच वर्ष थियो भने अब नियुक्त हुने पदाधिकारीको छ वर्षको कार्यकाल हुने व्यवस्था गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: