कुप्रथा विरुद्ध राजनीतिक दलको प्रतिवद्धता जरुरी – महिला मन्त्री थापा


प्रकाशित मिति :2017-10-31 17:33:01

–महिला खबर–

काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले कुरीतिको रुपमा रहेको छाउपडी प्रथाको अन्त्यका लागि राजनीतिक दलहरु संयुक्त रुपमा लाग्न जरुरी रहेको बताएका छन् ।

शान्ति मालिकाले मंगलबार काठमाडौंमा ‘महिला हिंसा तथा कुरीतीजन्य हिंसा विरुद्ध सरोकारवाला निकायहरुबिच छलफल कार्यक्रम’ मा बोल्दै मन्त्री थापाले भने ‘छाउपडी प्रथाको अन्त्य गर्न गाह्रो छैन । यसको अन्त्यका लागि सिडियो, पुलिस लागेर मात्रै पनि हुँदैन । यदी सबै राजनीतिक दलहरुले संयुक्त रुपमा गाउँगाउँमा पुगेर यस विरुद्ध अभियान सञ्चालन गर्नुपर्दछ ।’

मन्त्री थापाले कानुनी रुपमा दण्डित र सामाजिक रुपमा कुसंस्कारको रुपमा रहेको छाउपडी कुप्रथा अन्त्य गर्न सम्बन्धीत निकायलाई परिपत्र गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

‘छाउपडी प्रथा अन्त्य गर्न मैले सम्बन्धीत निकायमा परिपत्र गर्छु । एकचोटी परिपत्र गरेर भएन भने फेरी गर्छु । परिपत्र गरेर भएन भने फोन गर्छु’ मन्त्री थापाले विश्वस्त पार्दै भने ।

महिलाका विषयमा प्रयाप्त कानुन बनेपनि कार्यान्वयन नहुँदा छाउपडी जस्ता कुप्रथाका कारण महिलाहरु हिंसा सहेर बस्ने गरेको मन्त्री थापाले बताए । ‘कानुनहरु धेरै बनेका छन् तर कार्यान्वयन भएनन् । महिला हिंसा विरुद्घ कानुन बनेको धेरै भइसक्यो तर, कार्यान्वयन भएको छैन । जसले गर्दा हिंसा रोकिएको छैन ।’

मन्त्री थापाले आफु बसुन्जेल महिला, बालबालिकाको क्षेत्रमा सुधार गरेर जाने र छाउपडी कुप्रथा अन्त्य गर्न आफुले सक्दो पहल गर्न प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: