विचल्लीमा परिन् एक वर्षीय बालिका


प्रकाशित मिति :2017-11-01 12:25:38

–सर्मिला बुढाथोकी–

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिकामा एक बालिका विचल्लीमा परेकी छिन् । मानसिक सन्तुलन गुमाएकी महिलाले जवरजस्ती करणीबाट ती बालिकालाई जन्म दिएकी थिइन् ।

बालिका अहिले एक वर्ष पुगिन् । मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चालाई कुटपिट गर्ने, जथाभावि छोड्ने गर्न थालेपछि बालिका विचल्लीमा परेकी हुन् ।

बालिकालाई अहिले हजुरआमाले पाल्दै आएकी छिन् । आर्थिक अवस्था कमजोर भएकी बालिकाकी हजुरआमाले बालिकाको पालपोषण गर्न समस्या भएको बताइन् ।

उनले भनिन्– ‘कसैले सहयोग गरिदिए बालिकालाई राम्रो पालनपोषण र शिक्षा दिने थिए ।’

‘अहिले मानसिक सन्तुलन गुमाएकी छोरी र नातीनी दुबैको हेरचाह गरेकी छु । म आफैँ मजदुरी गर्न जान सकिरहेको छैन । अहिले परिवार पाल्न धौँ धौँ भएको छ । कसरी पालौँ नातिनी र छोरी । महिलाकी आमाले भनिन् ।
विगत तीन बर्षदेखि मानसिक सन्तुलन गुमाएकी पीडित महिलालाई कसले बलत्कार गर्यो भन्ने थाहा छैन । पीडित महिला छोरी जन्माएको बारे समेत अनविज्ञ छिन् ।

बालिकाको अवस्थाबारे जानकारी पाएपछि इकार्डस दोलखाले युनिसेफको सहयोगमा ५ हजार रुपैँया सहयोग गरेको थियो । इकार्डस दोलखाका कार्यक्रम संयोजक कुलदीप मल्लले बालिकाको अवस्था अत्यन्त नाजुक रहेको र परिवारको अवस्था कमजोर रहेकाले सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: