पढाइ खर्च जुटाउनै  गाह्रो


प्रकाशित मिति :2017-11-01 12:24:54

–महिला खबर–

काठमाडौं । काठमाडौं नयाँ बजार बस्दै आएकी काभ्रे रोसी गाउँपालिका–१ की बिन्दुमाया तामाङ ललितपुरको ज्वागलमा रहेको धुप कारखानामा काम गर्न थालेको झण्डै एक हप्ता पुग्न लाग्यो । काम नपाएर भौतारिएकी २० वर्षीया तामाङ साथीहरु मार्फत धुप कारखानामा पुगिन् । मासिक ५ हजार रुपैँया कमाउने आशामा उनी धुप कारखानामा काम गरिराखेकी छिन् ।

काठमाडौंको डल्लुमा रहेको गितामाता कलेजमा कक्षा ११ मा पढ्दै गरेकी तामाङले काठमाडौंमा रोजगारीका लागि धेरै ठाउँमा भौतारिएको दुःखेको सुनाइन् ।

घरबाट पठाएको खर्चले काठमाडौंको खर्च धान्ने अवस्था नदेखेपछि सानोतिनो काम गरेर पढाई खर्च जुटाउन रोजगारी खोजेको उनले बताइन् । ‘काठमाडौमा हामी जस्ता गाउँबाट आएका युवतीलाई काम पाउन गाह्रो रहेछ । पाइहाले पनि कम पारिश्रमिक दिने समस्या । हेरौ यहाँ कस्तो हुन्छ’ उनले भनिन् ।

काभ्रे रोसिकै सम्झना बोमजङ पनि बिन्दुसगैँ धुप कारखानामा काम गर्छिन् । काठमाडौं डल्लुमा गितामाता कलेजमा कक्षा ११ मै पढ्दै गरेकी सम्झना गाउँबाट एसएलसी पास गरेपछि उच्च शिक्षाकै लागि गत असारमा काठमाडौं आएकी हुन् । काठमाडौं आएको केही महिना उनीपनि रोजगारी लागि भौतारिन् ।

उनले भनिन्, ‘धेरै ठाउँमा काम खोजे तर पाइन । साथीहरुको सम्पर्कले यहाँ आएकी हुँ ।’ विहान ६ बजे कलेज पुग्छु । १० बजे खाना खाएर ११ बजे काममा आइपुग्छु’ आफ्नो दिनचर्या सुनाउदै उनले भनिन् । काम गर्न सजिलो भएपनि पारिश्रमिकमा भने उनको पनि चित्त बुझेको छैन् ।

‘कामको ज्याला कम छ । एउटै कोठाको भाडा ६ हजार भन्दा बढी हुन्छ । पढाइ खर्चसँगै जीवन धान्न गाह्रो छ’ उनले भनिन् ।

काठमाडौं क्षेत्रपाटीमा बस्दै आएकी काभे्रकै मंगलीमाया तामाङ पनि धुप कारखानामा काम गर्न थालेको एक हप्ता नै भयो ।

एसएलसी पास गरेपछि विवाह गरेकी २१ वर्षीया तामाङ उच्च शिक्षाकै लागि श्रीमानसँगै काठमाडौं आइन् । तर रोजगारी नपाएकै कारण उनी लामो समय कोठामै बसिन् । साथीहरुको सम्पर्कमा उनी धुप कारखानामा आइपुगेकी हुन् । कम पारिश्रमिक भएकै कारण २÷३ महिना काम गरेर छोड्ने उनले सोच बनाएकी छिन् ।

काभ्रे कोसीपारी देउराली नगरपालिका–५ की २८ वर्षीया रुपाका ढकालले धुप कारखानामै काम गर्न थालेको २ वर्ष भएछ ।

धुप बनाउन मेसिन चलाउने, मसला बनाउने सबै काम आफैँ गर्छिन् । काम गरेको लामो समय हुँदा पनि पारिश्रमिक भने कम पाएको उनको गुनासो छ ।

उनले भनिन् ‘काम गर्न थालेको दुई वर्ष भयो । अहिले पारिश्रमिक ८ हजार पुगेको छ । हरेक काम म आफैँ गर्छु । नयाँ कर्मचारीलाई काम सिकाउनेदेखि धुप तयारी गर्नेसम्म ।

पढाइ खर्च जुटाउन र घर खर्च चलाउनका लागि धुप कारखानामा काम गरिरहेका यी महिलाहरु दिनभर मेहनत गर्छन् तर मेहनत अनुसारको ज्याला पाउदैनन् । परिश्रम अनुसार ज्याला नपाउदा खर्च जुटाउनै धौधौ पर्ने गरेको उनीहरुको गुनासो छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: