किन अमेरिकामा यति धेरै बालिकाहरु दुलही बनिरहेका छन् ?


प्रकाशित मिति :2017-11-01 15:16:45

एन्जेल मक्गीन १३ वर्षकी हुँदा उनकी आमाले उनलाई कर गरेर विवाह गराइन् र घरजम थाल्न लगाइन् । ‘मैले एक दासी जस्तै महसुस गरें ।’ उनले आफ्नो बाल्यकाल सम्झिदै भनिन् ।

एन्जेल अहिले २६ वर्षकी भइन् । उनका पाँच जना बच्चाहरु छन् । उनले पुनर्विवाहपनि गरिन् ।

अरु देशहरु जस्तै गुवाटेमाला, हाेन्डुरस, मलावी, एलसाल्भाडोर, जिम्बावे, तान्जेनीया र गाम्बीयाले तीन वर्षअघि बालविवाहमाथि पूर्ण प्रतिबन्ध लगाएका छन् ।

संयुत्त राज्य अमेरिकामा भने यो अझै वैध छ । यस देशका आधा राज्यहरुमा (प्रान्तहरुमा) विवाह गर्ने उमेरमा हदबन्दी लगाइएको छैन । उमेरको हदबन्दी तोकिएको ठाउँमा पनि १३÷ १४ वर्ष वा सो भन्दामुनि मात्र विवाह गर्न नपाइने कानूनी व्यवस्था छ ।

बिबिसी समाचारले विश्वकै धनी देश संयुत्त राज्य अमेरिका किन अन्तर्राष्ट्रियस्तरको मापनमा स्वास्थ्य र सामाजिक मुद्दाहरुमा पछाडि परेको देखिन्छ भनेर खोजी गरिरहेको छ ।

बिबिसीको भिडियो रिपोर्ट अनुसार संयुत्त राज्य अमेरिकाका राज्यहरुमा बालविवाहले कानूनी मान्यता पाइरहेको छ । यो देशमा सन् २००० देखि २०१५ सम्म दुई लाख नाबालकहरुको विवाह भएको थियो ।

एन्जेलले विवाहपछि श्रीमानको दुव्र्यवहार र हिंसापनि भोगिन् । उक्त भिडियोमा आफू भावनात्मक द्वन्द्वहरुसँग लडिरहेको कुरापनि बताइन् । ‘…चाँडै विवाह नभएको भए फरक किसिमले जीवन बिताउन पाउने थिएँ जस्तो लाग्छ ।’ उनले भनिन् ।

अन्चेन्ड एट लास्ट नामक संस्थाकी फ्रेडी रेसे भन्छिन्– संयुत्त राज्य अमेरिकाले अरु देशहरुमा आफ्नो परराष्ट्र नीति मार्फत १८ वर्षमूनि विवाह गर्नु भनेको मानव अधिकारको हनन हो र बालविवाह रोक्नुपर्छ भनेर पैरवी गरिरहेको छ । तर यो देशका सबै ५० वटा राज्यहरुमा १८ वर्षमूनि गरिने विवाहले भने कानूनी मान्यता पाएको छ ।’

उनको संस्थामा धेरै जसो पीडित बालिकाहरु परामर्शकोलागि आउँछन् । फल्लोरिडा लगायत राज्यहरुमा विवाहको लागि न्यूनतम उमेर कानूनमा तोक्न र बालविवाहको अन्त्य गर्न पैरवी भइरहेको छ ।

साभारः– बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: