‘महिलाको आर्थिक सशक्तिकरण आवश्यक’


प्रकाशित मिति :2017-11-01 16:57:07

-रुजु खतिवडा-

पाँचथर । महिला तथा बालबालिका कार्यालयका प्रमुख निर्मला दाहालले महिला अगाडि बढ्नका लागि आर्थिक सशक्तिकरण हुनु आवश्यक रहेको बताईन् ।

क्षितिज महिला बहुदेश्यीय सहकारी संस्थाको ५ औं वार्षिक साधारण सभामा प्रमुख अतिथि समेत रहेकी महिला तथा बालबालिका कार्यालयका प्रमुख दाहालले सहकारीताको माध्यमबाट महिलाहरु आर्थिक रुपान्तरणमा लाग्नु पर्नेमा जोड दिएकी छन् ।

‘महिलाको आर्थिक सशक्तिकरणमा सहकारीको भूमिका महत्वपूर्ण छ । परम्परागत सोच र पछौटेपनबाट मुक्त हुन अब महिलाको आर्थिक रुपान्तरण हुन आवश्यक छ ।’ कार्यालय प्रमुख दाहाले भनिन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै अन्तरपार्टी महिला संजालकी अध्यक्ष मधु जवेगुले रोजगारको सिर्जना गर्नुका साथै महिलाको आर्थिक सशक्तिकरण सहकारीको भुमिका महत्वपूर्ण रहको बताईन् ।

संस्थाकी अध्यक्ष सरस्वती रिजालले सहकारीले वित्तिय साक्षरता सहित जिल्लामा रहेका एकल महिलाहरुका बालबालिकाहरुलाई छात्रवृति समेत दिदै आएको बताईन् ।

सहकारीले जिल्लाका विभिन्न क्षेत्रका ७ जना बालिकाहरुलाई मानवअधिकारका लागि महिला एकल महिला समूहको केन्द्रिय कार्यालयवाट प्राप्तभएको रकमवाट प्रतिव्यक्ति १५ सयका दरले छात्रवृत्तिदिने घोषणा समेत गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: