महिलाका विषयलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो


प्रकाशित मिति :2017-11-02 10:56:39

–प्रकाश पार्की–

डडेल्धुरा । प्रदेश नम्बर ७ का महिला नेताहरुले महिलाका विषयलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । डडेल्धुरामा जागरण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला सभागिताका विषयमा सरोकारवाला र सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया’ मा बोल्दै महिला नेताहरुले सो गुनासो गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कञ्चनपुरकी जिल्ला सदस्य एवं महिला संघकी केन्द्रीय सदस्य घमिता देउवाले सञ्चारमाध्यमले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका महिलाहरुका विषयमा चासोका साथ समाचार प्रकाशन तथा प्रसारण नगरेको बताइन् ।

‘पुरुषहरुले टिकट पाउँदापनि सञ्चारमाध्यमहरुले ठूलो प्राथमिकताका साथ लेख्ने तर महिलाले उम्मेदवार तथा निर्वाचित महिलाहरुका बारेमा कुनै प्राथमिकता नदिएको देखिएको छ ।’ देउवाले गुनासो गरिन् ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार महिलाहरुको कुराहरुलाई सञ्चारमाध्यममा स्थान दिनको सञ्चारकर्मीहरुलाई आग्रह गरिन् ।

राष्ट्रिय जनाता पार्टी कैलालीकी उपाध्यक्ष निरु रिजालले महिलाहरुले मिडियामा स्थान नपाउने गरेको बताइन् । ‘पुरुष नेताहरुले थौरै बोल्दा पनि मिडियाले त्यो कुरालाई हाइलाइट गर्ने तर महिलाले बोल्दा उनीहरुका कुरालाई स्थान दिइदैन ।’ उपाध्यक्ष रिजालले भनिन् ।

अन्तरक्रियामा सहभागि अन्य जिल्लाका महिला नेताहरुले पनि मिडियामा महिलाका कुराहरुले स्थान नपाएको गुनासो गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर बिष्टले सञ्चारमाध्यमले समावेशी कुराहरु खोजिरहेको बताए ।
‘अहिले सञ्चारमाध्यमले महिला, दलित, जनजाति अपाङ्गता भएका व्यक्तिहरुका आवाज सञ्चारमाध्यमहरुले उठाइरहेका छन् ।’ केन्द्रिय सदस्य विष्टले भने ।

विष्टले सञ्चारमाध्यममा महिलाहरुका विषयहरु बढीभन्दा बढी समावेश गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेश नम्बर ७ का डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरका विभिन्न पार्टीका २५ महिला नेताहरुको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: