गृहश्रमिक महिलाका समस्या सम्बोधन गर्न माग


प्रकाशित मिति :2017-11-02 14:35:47

–महिला खबर–

काठमाडौं । उपत्यकाका तीन जिल्लामा रहेका गृहश्रमिक महिलाहरुले आफ्ना समस्या सम्बोधन गर्न माग गरेका छन् ।
१८ औँ अन्तराष्ट्रिय गृहश्रमिक दिवसको अवसरमा साथी संस्थाले आयोजना गरेको अन्र्तक्रियामा काठमाडौं,ललितपुर र भक्क्तपुरका गृहश्रमिक महिलाले यस्तो माग गरेका हुन् ।

गृहश्रमिक महिलाले सहकारी तथा गरिबी निवारण मन्त्री अम्विका बस्नेतलाई ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्रमा गृहश्रमिकका हक, हित र पहिचानको लागि अन्तराष्ट्रिय महाशसन्धि आइएलओको प्रस्तावना नं सि १९९ का अनुसार गृहश्रमिकलाई राज्य स्तरबाटै पहिचान र सुविधाहरु प्रदान गर्नुपर्ने प्रावधान राखिएको छ । सो प्रस्तावनामा नेपाल हालसम्म पक्षराष्ट्र नरहेकोमा नेपालले सो प्रस्तावनामा हस्ताक्षर गरि अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

यस्तै गृहश्रमिक महिलाले हालसम्म राज्यस्तरबाट कुनैपनि पहिचान र मान्यता नभएको भन्दै नेपाल सरकारले गृहश्रमिकको लागि छुट्टै नीति तथा कार्ययोजना बनाई पहिचान दिनुपर्ने, गृहश्रमिकका मुद्धाहरु श्रम सम्बन्धि नियम कानुनमा समावेश गर्नुपर्ने, गृहश्रमिको लागि सरकारी स्तरबाट सरल तथा सुलभ दरमा विनाधितो ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यस्तै रोजगारीको सिलसिलामा हुने विभेद र हिंसाको विरुद्ध व्यवस्था गर्नुपर्ने, गृहश्रमिकद्धारा उत्पादन सामाग्रीहरुको बिक्री वितरण, बजार विस्तार व्यवस्थापान, अन्तराष्ट्रियकरण, आदिमा राज्यद्धारा सहयोग, संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने, क्षमता विकास र सशक्तिकरणको लागि कार्यक्रम तथा बजेटको व्यवस्थापन गर्नुपर्ने र गृहश्रमिकलाई राज्यले अन्य सुविधाहरु जस्तै विमा, समाजिक सुरक्षा, परिचयपत्र आदिको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु समेटिएको छ ।

मागपत्र बुझ्दै मन्त्री बस्नेतले गृहश्रमिकका समस्यालाई छिट्टै सम्बोधन गर्ने बताइन् ।  उनले भनिन् –‘महिलाले नै घरको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले उनीहरुलाई सामाजिक जागरण र आयआर्जनमा अभिवृद्धि गर्नुपर्छ ।
उनले ग्रामिणका क्षेत्रका महिलालाई सरकारले आफूलाई छुट्टाएको रकम समेत थाहा नहुने हुँदा उनीहरुलाई सशक्तिकरणतर्फ लग्नुपर्ने बताइन् ।

साथी संस्थाका अध्यक्ष उमा शाहले गृहश्रमिक नेपालमा बढ्दो रहेको भन्दै उनीहरुको काम ओझेलमा परेको बताइन् । उनले गृहश्रमिक महिलालाई राज्यले सहज वातावरण बनाउनुपर्ने बताइन् । कार्यक्रमको सहजिकरण इमान सुनारले गरेका थिए ।

होमवेस वर्ककी प्रभा पोख्रेलले पैसा कमाउने उदेश्यले आफ्नै घरको सेरोफेरोमा काम गर्ने महिला घरेलु श्रमिक नै गृहश्रमिक रहेको भन्दै महिलाले गर्ने कामको मूल्याङकन नभएको बताइन् । उनले गृहश्रमिक हरेक गाउँगाउँमा रहेको भन्दै एक भएर आवाज उठाउनुपर्ने बताइन् ।
विगत २५ वर्षदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको साथी संस्थाले ६ वर्ष यता गृहश्रमिक महिलाको सवालमा समेत काम गर्दै आएको छ ।

नेपालमा २२ लाख भन्दा बढी गृहश्रमिक रहेका छन् भने नेपाल बेवर एकेडेमीको २००८ को सर्वेक्षण अनुसार काठमाडौंमा मात्र ३ लाख भन्दा बढी गृहश्रमिक रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: