घर बनाउन सहयोग गर्नेलाई भोट


प्रकाशित मिति :2017-11-02 14:29:48

-विदुर आचार्य-

सिन्धुपोल्चोक । जिल्लाको बलेफि–४ की राधा नेपालको घर विनाशकारी भूकम्पले ध्वस्त पा¥यो । भूकम्पले ध्वस्त भएको घरको जग राधाले अझैँ बसाउन सकेकी छैनन ।

गाउँमा चुनावको माहोल छाइरहेको बेला उनलाई भने कसरी घर बनाउने भन्ने चिन्ता छ ।

राधा जस्तै बलेफी–६ की मनमाया पराजुलीको अवस्था पनि उस्तै छ । ७० वर्षीय पराजुली एकल महिला हुन् ।
सरकारले दिएको आवास अनुदान पहिलो किस्ता ५० हजार रुपैँया पाँएपनि मनमायाले घर बनाउने आँट भने गर्न सकेकी छैनन् ।

पहिलो किस्ताले घरको जग बसाउन समेत नपुग्ने भएपछि उनले घर बनाउन सुरु नगरेकी हुन् । कतिपय छिमेकीले घरको छानो समेत छाइसकेका छन् । तर मनमायाले भने दोस्रो किस्ता नपाएकै कारण घर बनाउन हच्किइन् ।

उनले भनिन्–‘सरकारको अनुदान रकमको भर पर्दा घर बनाईएन् । अब सबैलाई चुनावले छोपेको छ । नेताहरु गाउँ–गाउँ, घर–घरमाभोट माग्न आउँन थालिसकेका छन् । ’

उनले अब हुने चुनावमा जसले पीडितको पक्षमा हेर्छ, उसैलाई भोट दिने निर्णय गरेको बताइन् ।

मनमाया जस्तै बाह्रबिसे नगरपालिका गातीकी टेम्मा छोयालले पनि भूकम्पले भत्किएको घर उठाउँन सकिरहेकी छैनन् ।

उनले भनिन् ‘हिजो जस्तो लाग्छ, भूकम्पले घर भत्काएर टहरामा बस्न थालेको । दुई बर्ष कटिसकेछ’ । सरकारी ढिलासुस्तीले गर्दा दुई बर्षसम्म टहरामा बस्न बाध्य भएको छौँ ।’

‘सबैले चुनाव आयो भन्छन्, पीडितको पक्षमा जसले आवाज उठाउँछ । पीडितलाई घर बनाउँन सहयोग गर्छु भन्छ उसैलाई भोट दिन्छौं । उनले भनिन् ।

जिल्लामा घर बनाइसकेका गाउँलेहरु इन्जिनियरले घर हेर्न नआएकाले झन् समस्या भएको बताउँछन् ।

‘घर थालेको महिना दिनसम्म इन्जिनियरहरु घर हेर्न आएनन्, कुरेर बस्ने कुरापनि भएन् । वलेफी –६ की कमला नेपालीले भनिन् –‘घरको छानो हालियो । अब सरकारी इन्जिनियर आएर घरको के पुगेन भन्ने हुन् । बनाउने बेलामा पटक–पटक बोलाउँदा समेत हेर्न आएनन् । आफुले भ्याएसम्मको मापदण्ड पुर्याएका छौँ । अनुदान सिफारिस गर्छ कि गर्दैन ? ’

सरकारले आउँदो मंसिर १० र २१ गते प्रतिनिधी र प्रदेशसभाको निर्वाचन गर्ने मिति घोषणा गरेपछि यतिबेला जिल्लाका नेता देखि कार्यकर्तामा चुनावी सहगर्मी ह्वात्तै वढेको छ । तर भूकम्प पीडित सर्वसाधारण मतदातमा भने चुनावी उत्सुकता खासैँ देखिदैन ।

जग्गा हुनेहरुले घर बनाइरहेका छन् । भूकम्पले घडेरी चिरा परेका, ढलेका, पहिरो लडेका जग्गा हुने भूकम्प पीडित भने चिन्तामा छन् ।

भूकम्पपछि घाइतेको उद्धार, राहत वितरण गर्न भन्दै सयौं संस्थाहरु जिल्ला भित्रिएका थिए । अधिकांश संस्थाहरु राहतको पोका बाँडेर बाटो लागे भने औँलामा गन्न सक्ने संस्थाहरु मात्रै सरकारलाई साथ दिँदै पुनःनिर्माणको चरणसम्म टिकिरहेका छन् ।

दोस्रो र तेस्रो किस्ताको बजेट सिन्धुपाल्चोक आईसकेको जिल्ला दैवि प्रकोप उद्दार समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले बताए ।

अहिलेसम्म सिन्धुपाल्चोकका अधिकांश लाभग्राहीले दोस्रो किस्ता लगेका छैन्न ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: