मानव बेचबिखन विरुद्ध कचहरी नाटक


प्रकाशित मिति :2017-11-02 16:12:28

-सर्मिला बुढाथोकी-

दोलखा । भूकम्पपछि मानव बेचबिखनका घटना सार्वजनिक हुन थालेपछि जिल्लाको विभिन्न ठाउँमा बुद्धिमानी छोरी सम्बन्धि कचहरी नाटक प्रर्दशन भएको छ ।

भुकम्प प्रभावित समुदायको पुर्नलाभ तथा प्रतिरोधी क्षमता प्रवद्र्धनको लागि सञ्चार समुदाय परिचालन परीक्षण परियोजना अन्र्तगत दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा प्रर्दशन गरिएको नाटक हेर्न स्थानीय बालबालिका, विद्यार्थी, युवा युवती र वृद्धावद्धाहरुको समेत सहभागिता रहेको थियो ।

नाटकले मानब बेचबिखन कसरी हुन्छ । मानब बेचबिखन हुन नदिन अभिभावकहरुको भूमिका लगायतका विषयमा सन्देश दिएको विगु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मधुकर गुरुङले बताए ।

त्यसैगरी परियाजनाले चिलंखामा सक्रिय आमा समूहका सदस्यहरुसँग मानब बेचबिखन तथा ओसारपसार हुन नदिन आमा समुहहरुको सर्तकता विषयमा छलफल आयोजना गरेको छ ।

स्थानीय कोलरी सेतीदेवी स्वास्थ्य समुहका करिब २५ जनाको सहभागिता रहेको कार्यक्रमका आमा समूहहरुलाई परिचालन गरी मानब बेचबिखन विरुद्ध सचेत रहने र मानब बेचबिखन रोक्ने विषयमा जानकारी दिइएको सिविन नेपालका सामाजिक परिचालक सविना खड्काले जानकारी दिए ।

सिविन नेपाल,एटविनको आर्थिक सहयोग तथा युनिसेफको प्राविधिक सहयोगमा नाटक प्रर्दशनी गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: