महिला समूहद्वारा मिल सञ्चालन


महिलाहरुलाई बढी राहत

प्रकाशित मिति :2017-11-02 16:41:35

-महिला खबर-
काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिकाका महिलाले कुटानी पिसानीका लागि मिल सञ्चालनमा ल्याएका छन् ।  जिल्लाको ओयाक्जुङमा रहेको प्रजाङ महिला समूहले कूल रु एक लाख १३ हजार खर्च गरेर मिल सञ्चालनमा ल्याएका हुन् । मिल सञ्चालनका लागि स्थानीयवासी तुलसीप्रसाद मादेम्बा र बलबहादुर मादेम्बाले निःशुल्क आठ आना जग्गा उपलब्ध गराएका छन् ।

मिल सञ्चालनका लागि स्थानीय सहयोगदाता विक्रम पयाङगुले रु ५० हजार सहयोग गरेका थिए । मिल नहुँदा स्थानीयवासी कुटानी पिसानीका लागि एक घण्टा पैदल हिँड्नुपर्ने तथा परम्परागत ढिकी जाँतोमै काम चलाउन बाध्य भएको समूहका सचिव निर्मला मादेम्बाले बताइन् । मिल सञ्चालनमा आएसगैँ त्यहाँका महिलाहरुलाई बढी राहत भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: