-महिला खबर-
सिराहा । सिराहामा प्रदेश र प्रतिनीधिसभाका १२ सिटका लागि १ सय २८ जनाको मनोनयन दर्ता भएको छ । तर, प्रदेश र प्रतिनीधिसभाका लागि वाम गठबन्धन र नेपाली कांगे्रसबाट एक जना पनि महिला उम्मेदवार परेका छैनन् ।
राजपा र फोरम नेपालको गठबन्धनबाट सिराहा क्षेत्र नम्बर २ को ख मा प्रदेश सदस्यको लागि निर्मला यादव एक्लो उम्मेदवार बनेकी छन् ।
प्रतिनीधिसभा र प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवार महिला पर्न सकेनन् । यता समानुपातिक समावेशी सहभागिताको लागि लामो समयदेखि आन्दोलन गर्दै आएको राजपा र फोरमले पनि एक जना मात्र महिला उम्मेदवार बनाएका छन् ।
नेकपा एमालेले सार्वजनिक गरेको प्रदेश सभाको समानुपातिक उम्मेदवारको सूचीमा भने जानकीदेबी राम, चन्द्रकला सिंह, सम्झना थपलियाको नाम परेको छ ।
Comment Here!