बालबालिकालाई भिटामीन ए र जुकाको औषधि खुवाईदै


प्रकाशित मिति :2017-11-03 11:19:40

दोलखा।जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामा जुकाको औषधि ख्वाइरहेको छ । हिजो विहीवार र आज शुक्रवार गरि दुई दिन भीटामीन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय जनाएको हो ।

विभिन्न संघ संस्थाको सहयोगमा जिल्लामा रहेका छ महिनादेखि पाँच वर्ष मुनिका १७ हजार ७५ जना बालबालिकालाई भिटामीन ए खुवाईने छ भने पाँच वर्ष मुनिका १४ हजार ९ सय ६८ जना बालबालिकाहरुलाई जुकाको औषधी खुवाइने जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

त्यसैगरी गरी जिल्लामा रहेक छ देखी २४ महिनासम्मका ६ हजार ४० जना बालबालिकालाई बहुसुक्ष्म पोषण तत्व बालभिटा खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक कुमार दाहालले जानकारी दिए ।

दाहालका अनुसार भिटामीन ए र जुकाको औषधी खुवाउन जिल्लामा १ हजार २ सय ५६ जना महिला स्वयंसेविका, प्रत्येक गाउँपालीकाबाट २ जना स्वास्थ्यकर्मी र प्रत्येक स्वास्थ्यचौकीका इन्चार्जहरु खटिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: