साउदी अरेबियामा अब महिलाले रंगशालामा प्रवेश गर्न पाउने


प्रकाशित मिति :2017-11-03 11:36:18

साउदी अरेबियाका सरकारी अधिकारीहरुका अनुसार अर्को वर्षदेखि महिलालाई रंगशालामा खेलकुद हेर्र्न अनुमति दिइने भएको छ । अहिलेसम्म यस्तो व्यवस्था गरिएको थिएन । परिवारसहित महिलापनि त्यहाँका तीन ठुला शहरहरु रियाद, जेदाह र दमामका रंगशालाहरुमा प्रवेश गर्न पाउनेछन् ।

यो साउदी अरेबियामा लैंगिक विभेद कम गरी महिलाको स्वतन्त्रताकोलागि चालिएको अर्को सकरात्मक पाइला हो । हालसालै त्यहाँ महिला सवारी चालकमाथि लगाइएको प्रतिबन्ध हटाइएको छ ।

युवराज मोहमद बिन सलमान साउदी समाजलाई आधुनिक बनाउन र आर्थिक विकास गर्न अग्रसर छन् ।

साउदी अरेबियाका खेलकुद संचालकका अनुसार २०१८ मा धेरै दर्शकहरु अटाउन तीन रंगशालाहरुमा काम शुरु हुनेछ । रेष्टुरेन्ट, क्याफे र मोनिटर स्क्रिनहरु रंगशालामा राखिने छन् । अहिलेसम्म ती ठाउँहरु पुरुषका लागि मात्र थियो ।

बत्तीस वर्षिय युवराज मोहमदले घोषणा गरे अनुसार उत्त तेल निर्भर राष्ट्रमा “भिजन २०३०” नामक सामाजिक र आर्थिक परिवर्तन ल्याउन सुधारका योजनाहरु कार्यन्वयनको लागि तयार छन् ।

यस्ता परिवर्तन भएतापनि महिलाले साउदी अरेबियामा अझै हिंसा भोगिरहेका छन् । युवराज मोहमदले मध्यममार्गीय इस्लाम मार्फत देशलाई आधुनिक बनाउने योजना रहेको बताए ।

उनका अनुसार ७०% देशको कुल जनसंख्या तीस वर्ष मुनिका छन् र उनीहरु आफ्नो धर्मले व्यवहारिक सहिष्णुता ल्याएको हेर्न चाहन्छन् । तर विश्लेषकका अनुसार योजनाले धेरै चुनौतिहरुको सामना गर्नुपर्ने छ । राज्यले रंगशालामा महिलालाई राष्ट्रिय दिवस मनाउन दिंदा गत महिना सामाजिक संजालमा विरोध भयो ।

धेरै सकरात्मक घोषणाहरुका बावजुद महिलाहरुले कडा प्रतिबन्ध भोगिरहेका छन् । यो देशको सुन्नी इस्लामको वाहबिजम मान्यता अनुसार महिलाले कट्टर लवाइमा बाँधिनु पर्छ र परपुरुषसँग सम्पर्क गर्नुहुँदैन ।

यात्रा गर्नु, काम गर्नु वा स्वास्थ्य सेवाको प्रयोग गर्नु परेमा महिलाका साथमा पुरुष अविभावक वा उनीहरुको लिखित अनुमति अनिवार्यरुपमा चाहिन्छ ।
साभारः– बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: