सौता ल्याउने र सौता बन्ने प्रहरी हिरासतमा


प्रकाशित मिति :2017-11-03 11:47:40

रुजु खतिवडा\महिला खबर

पाँचथर । बहुविवाह गरेको आरोपमा पाँचथर प्रहरीले वुधवार एक दम्पतीलाई गिरफ्तार गरेको छ । घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याउने कुम्मायक गाउँपालिका १ का ३४ वर्षीय विरेन्द्रकुमार लावती र श्रीमती भएका पुरुषसँग विवाह गर्ने काभ्रेपलाञ्चोककी २७ वर्षीया भीममाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

लावतीकी २७ वर्षीया श्रीमती रूपा तामाङ लावतीले दिएको उजुरीका आधारमा उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक विज्ञान बस्नेतले महिला खबरलाई जानकारी दिए ।

पीडितले कात्तिक ९ गते आरोपित द्वयविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आफ्नो श्रीमानले आफूमाथि सौता हालेकोले उनीमाथि कानुनी कारबाहीको माग गर्दै उजुरी दिएको रुपाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: