थारु महिलाद्वारा अपाङ्गता विद्यार्थीलाई पोशाक सहयोग


प्रकाशित मिति :2017-11-03 12:05:07

काठमाडौं। सुनसरीको झुम्कामा कार्यरत थारु महिला उत्थान समाजले स्थानीय रामधनुी ३ स्थित जनता माध्यमिक विद्यालयका अपाङ्गता भएका २१ जना विद्यार्थीलाई जाडोमा लगाउने जंक–शुट थान २१ वितरण गरेको छ ।

दीपावलीको अवसरमा देउसी भैली खेलेर संकलन गरिएको रकममध्ये २० हजार रुपैयाँको न्यानो कपडा किनेर बालबालिकालाई वितरण गरिएको समाजकी अध्यक्ष सीता चौधरीले बताइन्। ‘अरुले देउसी भैली खेलेर संकलन गरेको रुपैयाले वनभोज खाएर सक्काउँछन्, हामीले बालबालिकालाई न्यानो कपडा वितरण गर्यौ’ उनले भनिन् ।

न्यानो कपडा सँगसँगै कापी, कलम र पेन्सील पनि सो बालबालिकालाई वितरण गरिएको अध्यक्ष चौधरीले बताइन्। नर्सरी कक्षादेखि १४ वर्ष उमेर रहेका विद्यार्थीलाई सो सामान एक समारोहकाबीच वितरण गरिएको उनले जानकारी दिइन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेलले थारु उत्थान समाजले समाजमा सराहनीय काम गर्दैआएकोमा प्रशंसा गरेका थिए।

कार्यक्रममा रामधनुी नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष राजकुमार चौधरी, वडा नं ४ का वडाअध्यक्ष मनेसकुमार चौधरीको उपस्थितिमा राहत सामग्री वितरण गरिएको उत्थान समाजकी अध्यक्ष चौधरीले जानकारी दिइन् । सो अवसरमा अन्य समाजसेवी, सञ्चारकर्मी तथा उत्थान समाजका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यस्तै, उत्थान समाजले रामधुनी २ मा घर भएकी रमिता चौधरीको घरमा आगलागी भई सम्पत्ति नष्टभएकाले सो अवसरमा केही सहयोग होस भनेर केही नगद सहयोग गरिएको उत्थान समाजकी कोषाध्यक्ष आशा चौधरीले बताइन् । संस्थाको तर्फबाट नगद पाँचहजार एक रुपैयाँ सहयोग गरिएको उनले बताइन् ।

सो सहयोगले केही भएपनि पीडितलाई राहत पुग्ने विश्वासकासाथ सहयोग गरिएको सो संस्थाकी उपाध्यक्ष विमला चौधरीले बताइन् ।

स्थानीयस्तरमा २०६५ सालदेखि गतिविधि गर्दै आएको थारु महिला उत्थान समाज २०७३ सालमा स्थानीय प्रशासनमा दर्ता भएर गैरसरकारी कार्यालयकोरुपमा कार्यरत रहेको छ । स्थानीयरुपमा विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको उत्थान समाजले महिलाको सशक्तीकरण, संस्कृतिको जगेर्नाको अभियानसँगै, आपतविपतमा परेकाहरुको राहतको काम गर्दै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: