–शान्ता कमली–
लमजुङ । सदरमुकाम बेसिशहरमा रहेको नारी बचत तथा ऋण सहकारी संस्थाले ५ औँ वर्षसम्म आइपुग्दा एक लाख ९८ हजार चार सय दुई रुपैँया मुनाफा कमाउन सफल भएको छ ।
सहकारीको ५ अाैँ वार्षिक साधारण सभामा सहकारीले प्रतिवेदन सार्वजनिक गर्दै सो बराबरको आन्दानी भएको जनाएको छ । सहकारीले आ.व ७३-०७४ मा विविध शिर्षकमा १० करोड ८० लाख ९९ सय हजार बरावरको आम्दानी, विविध शिर्षकमा एक करोड ८० लाख ९९ हजार रुपैँयाको भुक्तानी दिएको छ ।
नगरपालिकाका मेयर गुमानसिं अर्यालले सहकारीमा महिलाहरुको एकता, लगाब र लगनशिलतको प्रशंसा गरे । साधारणसभामा साकोसका अध्यक्ष लक्ष्मीदेवी अधिकारीले संस्थाको प्रगतिप्रतिवेदन र कोषाध्यक्ष अतिरुपा सेढाईले आयव्यय प्रस्तुत गरेकी थिइन् । महिलाहरुद्वारा सञ्चालन गरिएको सहकारीले अहिले महिला सशक्तिकरणका क्षेत्रमा लगानी गर्दै आएको छ ।
Comment Here!