दोस्रो चरणमा ७ प्रतिशत मात्रै महिला उम्मेदवारी दर्ता


प्रकाशित मिति :2017-11-03 16:39:10

-महिला खबर-

काठमाडौं । दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सात प्रतिशत महिलाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले हिजो भएको उम्मेदवारी दर्ता उत्साजनक र शान्तिपूर्ण ढंगले भएको भन्दै ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको छ बताएको छ ।

४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि बिहीबार मनोनयन दर्ताको भएको हो ।

प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ तथा प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यसमा प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ जना अर्थात ७.११ प्रतिशत महिलाले मनोनयन दर्ता गराएका छन् ।

दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुँदै छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा निर्वाचन हुने उच्च हिमाली तथा पहाडका ३२ जिल्लाका प्रतिनिधिसभातर्फको ३७ निर्वाचन क्षेत्रका लागि ३ सय २२ र प्रदेशसभाको ७४ क्षेत्रका लागि ४ सय ८१ उम्मेदवारी परेको थियो ।

जसमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ २३ गरी जम्मा ४१ जना महिलाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेका मध्य पाँच महिलाले उम्मेदवारी फिर्ता लिएपछि महिला उम्मेदवारको संख्या घटेर ३६ पुगेको थियो ।

यी हुन् महिला वाम गठबन्धनबाट उम्मेदवारी दिएका 

प्रदेश एक

झापा क्षेत्र नं.२–पबित्रा खरेल
तेह्रथुम क्षेत्र नं.१ – भवानी खापुङ
मोरङ क्षेत्र नं.३ को प्रदेश (क) – सिता न्यौपाने
सुनसरी क्षेत्र नं.३ – भगवती चौधरी
उदयपुर क्षेत्र नं. १ – मन्जुकुमारी चौधरी
उदयपुर क्षेत्र नं. २ प्रदेश(ख) – कला घले
उदयपुर क्षेत्र नं.२ प्रदेश –क) – भेषकुमारी शाह

प्रदेश दुई

धनुषा प्रदेश(क) – किशोरी शाह
सर्लाही प्रदेश(क) – बेची लुगंली
बारा प्रदेश (क) – त्रिलोकी चौधरी
बारा क्षेत्र नं.३ प्रदेश (क) – ज्वालाकुमारी शाह
पर्सा क्षेत्र नं.४ – उर्मिला अर्याल

प्रदेश तीन

काठमाडौं क्षेत्र नं.१ प्रदेश (क) – विष्णुकुमारी भुषाल
काठमाडौं क्षेत्र नं.८ प्रदेश (ख) – अष्टलक्ष्मी शाक्य
काठमाडौं क्षेत्र नं.३ प्रदेश (क) –रुद्र बराईली
काठमाडौं क्षेत्र नं.१० प्रदेश (ख) – रमा आले मगर
ललितपुर क्षेत्र नंं१ प्रदेश (क) –सुशीला पुन
ललितपुर क्षेत्र नंं.३ – पम्फा भुसाल
काभ्रे क्षेत्र नंं१ प्रदेश (क) – रत्न ढकाल
काभ्रे क्षेत्र नंं.२ प्रदेश (ख) – बसुन्धारा हुमागाई
मकवानपुर क्षेत्र नंं.२ प्रदेश (क) – कुमारी मोक्तान

प्रदेश चार

तनहुँ क्षेत्र नं.२ प्रदेश (क) – आशा कोइराला

स्याङजा क्षेत्र नं.२ – पद्मा अर्याल

प्रदेश पाँच

बाँके क्षेत्र नं.१ प्रदेश(क) – नमुना केसी
बाँके क्षेत्र नं.१ प्रदेश(ख) – आरती पौडेल
बाँके क्षेत्र नं.२ प्रदेश(क) – कामता खटिक

प्रदेश सात

कैलाली क्षेत्र नं.१ – गरिमा शाह
कञ्चनपुर क्षेत्र नं. १ – विना मगर

कांग्रेस गठबन्धनबाट उम्मेदवारी दिएका महिला

प्रदेश एक

तेह्रथुम क्षेत्र नं.१ – सिता गुरुङ
धनकुटा प्रदेश(ख) – इश्वरी कोइराला
सुनसरी क्षेत्र नं.४ प्रेदश (क) – रेवती दुलाल

प्रदेश तीन

काठमाडौं क्षेत्र नं.३ – अम्बिका बस्नेत
काठमाडौं क्षेत्र नं.५ प्रदेश(क) – रमा हुमागाई
काठमाडौं क्षेत्र नं.८ प्रदेश (क) – राज्यलक्ष्मी श्रेष्ठ
सिन्धुली क्षेत्र नं.१ प्रदेश(क) – गंगा गिरी
मकवानपुर क्षेत्र नंं.२ प्रदेश – महालक्ष्मी (डिना) उपाध्याय

प्रदेश चार

स्याङजा क्षेत्र नं.१ प्रदेश (ख) – तुलसी गिरी

प्रदेश पाँच

नवलपरासी(पूर्व) १ शशांक कोइराला
रुपन्देही क्षेत्र नं.३ प्रदेश(क) – देवी चौधरी
दाङ क्षेत्र नं. १ –सुशीला चौधरी

प्रदेश सात

कैलाली क्षेत्र नं.१ – इश्वरी न्यौपाने
कैलाली क्षेत्र नं.५ – आरजु राणा

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: