गच्छेदारलाई भगवतीको टक्कर


प्रकाशित मिति :2017-11-05 12:57:39

–महिला खबर–

सुनसरी । सुनसरी  क्षेत्र नं.३ बाट उम्मेदवार बनेकी  भगवती चौधरीले विजय कुमार गच्छेदारलाई पराजित गर्ने दाबी गरेकी छिन् ।

चौधरी वाम गठबन्धनबाट सुनसरीकी एक्ली महिला उम्मेदवार हुन्। तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता विजय कुमार गच्छेदार र एमाले नेता चौधरीबीच सुनसरी क्षेत्र नं. ३ मा कडा प्रतिष्पर्धा हुने देखिएको हाे ।

२०४६ साल यता सत्ता भन्दा बाहिर कमैमात्र रहेपनि सुनसरी क्षेत्र नं.३ का लागि गच्छेदारले खासै केहि नगरेको र अब जनताले परिवर्तन खोजीरहेको चौधरीले बताइन् ।

परिवर्तन विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको भन्दै फराकिलो अन्तरले क्षेत्र नं. ३ का जनताले जिताउनेमा आफू विश्वास्त रहेको चौधरीकाे भनाई छ ।  गच्छेदार अवसरवादी भएको तर विकासवादी नभएको जनताले बुझिसकेको चौधरीले आरोप लगाईन् ।

‘गएको संविधानसभा निर्वाचनका वेला कांग्रेसका नेताहरुले नै उहाँलाई सो आरोप लगाउदै चुनाव प्रचार गरेको जनताले भूलेका छैनन् । अहिले नेपाली कांग्रेसले के भनेर उहाँको पक्षमा भोट माग्छन ?’ उनले प्रश्न गरिनन् ।

गत संविधानसभाको निर्वाचनमा गच्छेदार नै प्रतिष्प्रर्धी रहेको बताईन् । उनले गच्छेदारले २० वर्षमा नगरेको काम आफूले पाँच बर्षमै गरेर सुनसरीको क्षेत्र नं. ३ लाई देशकै नमूना क्षेत्र वनाउने चौधरीले प्रतिवद्धता जनाईन् ।

को हुन भगवती चौधरी

भगवती चौधरी पूर्व वनराज्य मन्त्री तथा नेकपा एमालेको केन्द्रीय सदस्य हुन् । चौधरीको नाम राजनीति र समाजसेवामा समेत परिचित नाम हो । उनलाई लघुवित्त क्षेत्रमा नेपालमै अग्रणी महिलाका रुपमा लिइन्छ ।

आफ्नो समूदायमा चौधरी रोलमोडल नै मानिन्छन् । स्नातकोत्तर गरेकी चौधरीकोे नेतृत्वमा रहेको फरवार्ड संस्थामा हाल देशभरका हजारौं महिला संगठित छन् । महिलाको आर्थिक सशक्तिकरण नभएसम्म समाज रुपान्तरण हुन नसक्ने चौधरीको भनाइ छ ।

यस्ता छन् चौधरीका चुनावी एजेण्डा

बेरोजगारलाई रोजगार प्रदान गर्ने चौधरीको प्रमुख एजेण्डा छ ।  एक घर एक रोजगार प्रदान गर्ने योजना सार्वजनिक गर्दै चौधरीले भनिन् – ‘सुनसरी क्षेत्र नं. ३ मा दुई वर्ष भित्रमा प्राविधिक शिक्षालय स्थापना गर्ने, हरेक वडा–वडाबाट डाक्टर, इञ्जिनियर, पाइलट लगायतका प्राविधिक उत्पादन गर्र्ने, सामाजिक सुरक्षा भत्ता बढाएर पाँच हजार पु¥याउने, घर घरमा पूँजीको पहुँच गराउँदै आर्थिक स्तर उकास्न विशेष कार्यक्रम सञ्चालन गर्न योजना छ ।’

महिला सशक्तिकरणको क्षेत्रमा विशेष कार्यक्रम ल्याउने चौधरीको योजना छ । क्षेत्र नं. ३ का पर्यटकीय स्थलहरुको संरक्षण र विकास गर्दै आन्तरिक र वाहय पर्यटक भित्राउन विशेष योजना समेत रहेको बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: