७१ वर्षमा नागरिकता


प्रकाशित मिति :2017-11-05 13:29:13

–रुजु खतिवडा–

पाँचथर । जिल्लाको हिलिहाङ –७ भारपाकी भिममाया तामाङले ७१ वर्षको उमेरमा नेपाली नागरिकता पाउँदा खुसी छिन् । नागरिकतासगैँ उनले ज्येष्ठ नागरिक परिचय पत्र समेत पाइन् ।

सामाजिक सेवामा कार्यरत विभिन्न संघ–संस्थाको पहलमा शुक्रवार जिल्ला प्रशासन कार्यालय र महिला तथा वालवालिका कार्यालय पाँचथरले सदरमुकाम फिदिममै तामाङलाई झिकाएर नागरिकता र ज्येष्ठ नागरिक परिचय पत्र हातमा थम्याएको हो ।

प्रमूख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाँई खतिवडाले ०२०१०७४०३१९१ नम्वरको नागरिकता र महिला तथा बाल बालिका कार्यालय प्रमूख निर्मला दाहालले ७५२ नम्वरको ज्येष्ठ नागरिक परिचय पत्र तामाङलाई हस्तान्तरण गरेका थिए ।

 ७१ वर्षमा आफुले नागरिकता र परिचयपत्र पाएकाेमा खुसी हुँदै तामाङले अब राज्यले दिने सेवा सुविधाहरुबाट  बञ्चित हुन नपर्ने बताईन् ।

स्थानीयवासीले तामाङलाई भारपाकीको हेँवा खोला किनारमा घर समेत बनाइदिएका छन् ।

बाल्यकालमै बिहे भएपछि श्रीमानको मृत्यु भएको र अन्य आफन्त कोही नभएकी तामाङको स्थानीयहरुको सहयोगमा खोला किनारमा एउटा सामान्य टहरो बनाएर राखिएको हिलिहाङ –७ की किरजना जवेगुले बताइन् ।

शसस्त्र प्रहरी वल हिमशिखर गुल्मका प्रहरी नायव उपरिक्षक लोकेन्द्र भट्टकी श्रीमती इशा जोशीको परिवारले तामाङलाई दसैंमा लत्ताकपडा र केही नगद सहयोग गर्ने क्रममा उनी सञ्चार माध्यममा आएकी थिइन् ।

फिदिमवाट शसस्त्र प्रहरी बल हिमशिखर गुल्मका भट्ट आफैले तामाङलाई जिल्ला प्रशासन कार्यालय पाँचथरसम्म ल्याएर सहयोग गरेपछि तामाङले नागरिकता पाएकी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: