दलित महिला वडा सदस्यमाथी प्रहरीले कुटपिट गरेको आरोप


प्रकाशित मिति :2017-11-05 14:18:01

-सर्मिला बुढाथोकी-

दोलखा । आफुलाई दोलखा मेलुङ प्रहरी चौकीको असईले कुटपिट गरेको दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– ४ की दलित महिला वडा सदस्यले बताएकी छिन् ।

नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा रहेकी मुना विश्वकर्माले कार्तिक १५ गते काम छ तुरुन्त आउनु भनी चौकीमा बोलाई कुटपिट गरेको बताएकी छन् ।

पीडित वडा सदस्य मुनाले मेलुङ प्रहरी चौकीका असई कृष्णबहादुर श्रेष्ठलाई कार्वाहीको माग सहित जिल्ला प्रहरी कार्यालय दोलखामा निवेदन दिएको बताएकी छिन् ।

गत साउन २१ गते स्थानीय चन्द्रबहादुर अधिकारी र उनका छोरा रामकुमार अधिकारीले आफ्नो छोरा राजकुमार विश्वकर्मालाई कुटपिट गरेकोको मुद्दा जिल्ला अदालत दोलखा दर्ता गरेको र सोहि विषयमा चौकीमै मिलापत्र गर्न दबाब दिदै कुटपिट गरेको मुनाले बताईन ।

‘चौकीमा बोलाएर मिलापत्र गर्न दबाब दिदै सुरुमा मेरो श्रीमानलाई बाँसको लौरोले हिर्काएको र मैले किन कुटेको भनेर विरोध गर्दा मलाई पनि कुटपिट ग¥यो ।’–दलित महिला वडा सदस्य मुनाले बताईन ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले वडा सदस्य मुना विश्वकर्मा माथि सामान्य दुव्र्यवहार भएको बुझिएकोले मेलुङ प्रहरी चौकीका असई श्रेष्ठलाई जिल्ला तानिएको र चौकीमा अर्को असई पठाईएको बताए । घट्नाको छानविन गरी दोषीलाई आवश्यक कार्वाही गरिने प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: