समानुपातिकमा ५६, प्रत्यक्षतर्फ ७ प्रतिशत महिला उम्मेदवार


प्रकाशित मिति :2017-11-05 16:57:23

–महिला खबर–

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुन लागेको निर्वाचका लागि समानुपातिक तर्फ ५६ र प्रत्यक्षतर्फ ७ प्रतिशत महिलाको उम्मेदवारी परेको छ ।

कानूनमा समानुपातिकमा ५० प्रतिशत महिला अनिवार्य उपस्थित गराउनुपर्ने नियम रहेको छ । सोही अनुसार राजनीतिक दलले बाध्य भएर समानुपातिकमा महिला उम्मेदवारलाई प्राथमिकतामा राखेका हुन् ।

निर्वाचन आयोगका अनुसार आगामी मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ जम्मा ५ हजार ५११ जनाको उम्मेदवारी परेकोमा ३ सय ७१ जना अर्थात ६.७३ प्रतिशत महिला रहेका छन् ।

४९ दलले बुझाइएको समानुपातिकतर्फको बन्दसूचीमा ३ हजार ६ सय ४३  महिलाको नाम परेको छ । समानुपातिक र प्रत्यक्षतर्फ संघीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने कानुनी प्रावधान छ ।

आयोगले सार्वजनिक गरेको तथ्यांकमा आदिवासी जनजातिबाट ९ सय ३१ महिला परेका छन् । यस्तै खस आर्यबाट ९ सय ९७ महिला, थारुबाट २ सय ६२, दलिततर्फबाट ४ सय ९६, मधेसीतर्फ ५ सय ६३ महिला परेका छन् ।  यस्तै मुस्लिमतर्फ १ सय ५७ महिला, अपांगता भएकाको तर्फबाट १ सय १५ महिला र पिछडिएको क्षेत्रबाट १ सय २२ जना महिला रहेका छन् ।

मंसिर २१ गते हुने दास्रो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ संघ र प्रदेश गरी ३ सय ३५ जना महिलाको उम्मेदवारी परेको छ ।

यस्तै पहिलो र दोस्रो चरणको चुनाव गरी जम्मा ३ सय ७१ जना महिलालको उम्मेदवारी परेको छ ।

पहिलो निर्वाचनमा प्रत्यक्षमा महिलालाई कम सहभागि गराइएको भन्दै महिला अधिकारकर्मीहरूले विरोध जनाउँदै आएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: