आठ वर्षदेखि अदालत धाउँदै भिमकुमारी


प्रकाशित मिति :2017-11-06 10:06:06

–महिला खबर–

काठमाडौं । म्याग्दीकी भिमकुमारी वि.क अदालत धाउँदैछिन् । अझैँ कति थाउनुपर्ने हो थाहा छैन उनलाई । विवाहपछिको जीवन कुनैपनि दम्पतीले सुमधुर र सुखमय होओस् भन्ने चाहन्छ । यही आशमा महिला र पुरुष विवाह बन्धनमा बाँधिन्छन् । तर म्याग्दीकी भिमकुमारीको भने विवाहपछिको जीवन प्रहरी चौकी र अदालत धाउँदैमा बितेको छ । उनीसँग न त श्रीमान साथमा छन्, न त परिवार नै ।

यो हप्ता भिमकुमारी श्रीमान प्रदिपकुमार सुवेदीले सम्बन्ध विच्छेद गरि पाउँ भन्दै पुनरावेदन अदालत म्याग्दीमा परेको मुद्धाको विषयलाई लिएर अदालत पुगेकी थिइन् ।

उनले भनिन् ‘अदालत र प्रशासन धाउन थालेको ८ वर्ष भयो । अब कार्तिकको १९ गतेको लागि पेसी तोकेको छ । हेरौँ अदालतले के सुनुवाई गर्छ ।

यसभन्दाअघि उनका श्रीमान सुवेदीले सम्वन्ध विच्छेदकै लागि जिल्ला अदालतमा मुद्धा दर्ता गराएका थिए । तर अदालतले भिमकुमारीको पक्षमा पैmसला सुनायो । त्यसपछि पुन सम्बन्ध विच्छेदकै लागि उनले पुनरावेदन अदालतमा मुद्धा हाले ।

कास्की भदौरे घर भएकी भिमकुमारीले वि.स २०६२ सालमा म्याग्दीका प्रदिप कुमार सुवेदीसँग २४ वर्षको उमेरमा प्रेम विवाह गरेकी थिइन् । अन्तरजातिय विवाह गरेकै कारण प्रदिपले भिमकुमारीलाई गाउँमा राख्न सकेनन् । उनीहरू दुवैजना काठमाडौं आएर बस्न थाले ।

काठमाडौंमा पाँच महिनाको बसाइपछि श्रीमान सुवेदी रोजगारीका लागि साउदी गए । काम राम्रो नभएको भन्दै सुवेदी पुनः नेपाल फर्कीए । तर उनी श्रीमतीलाई भेट्न आएनन् ।

श्रीमान आएको थाहा पाएपछि भिमकुमारी आफैँ श्रीमानको घर खोज्दै म्याग्दी पुगिन् । प्रदिपकुमारले आफूले भिमकुमारीसँग विवाह गरेको स्वीकारेनन् । गाउँमा भद्रभलादमी समेत जम्मा भए ।

प्रदिपले भिमकुमारीलाई सँगै मिलेर बस्ने, गाउँमा कुरा काट्छन् भनेर काठमाडौँ जाऊ, म आउँछु भनेर आश्वासन देखाए ।

‘विश्वास लागेर फर्के, तर उनी आएनन् । बरु अर्को विवाह गरेर बसेछन् ।’ भिमकुमारीले दुखी हुँदै भनिन् ।
त्यसपछि भिमकुमारीले नाता कायम गरी अंश पाँऊ भन्दै वि.स २०६४ सालमा म्याग्दी प्रहरी कार्यालयमा निवेदन दिईन् । प्रहरीमा कुरा मिल्न सकेन् । मुद्धा अदालतमा पुग्यो । पाँच वर्षपछि जिल्ला अदालतले नाता कायम गरी भिमकुमारीलाई पाँच आना जग्गा उपलव्ध गरायो ।

अहिले श्रीमानको परिवारले सम्बन्ध विच्छेद गरिपाउँ भन्दै जिल्ला अदालत बाग्लुङमा निवेदन हाल्यो । त्यहाँ भिमकुमारीको पक्षमा फैसला भएपछि फेरि मुद्धा पुनरावेदन अदालत बाग्लुङमै पुग्यो । अहिले त्यही मुद्धा फैसला सुन्नकै लागि भिमकुमारी पुनरावेदन अदालतमा धाइ रहेकिछिन् ।
नागरिकता पाउने आशामा डेढ वर्ष बित्यो

भिमकुमारीले नागरिकता पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालयमा बाग्लुङमा निवेदन हालेको डेढ वर्ष बित्यो । तर अहिलेसम्म नागरिकता पाएकी छैनन् । श्रीमानले नागरिकतामा हस्ताक्षर नगरेकै कारण उनी नागरिकता पाउनबाट बञ्चित भएकी हुन् ।

श्रीमानको नामबाट नागरिकता पाँऊ भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन हालेको डेढ वर्ष भइसक्दा पनि अहिलेसम्म नागरिकता नपाएको उनले बताइन् ।

‘प्रशासन कार्यालय गयो श्रीमान ल्याउनुपर्छ भन्छ’ उनले भनिन् । नागरिकता दिलाउन आग्रह गर्दै उनले राष्ट्रिय दलित आयोगमा समेत निवेदन हालेकी छिन् । तर अहिलेसम्म उनले नागरिकता पाउन सकेकी छैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: