लैङ्गिक हिंसा बारे म्यादीलाई तालिम


प्रकाशित मिति :2017-11-06 10:15:33

-महिला खबर-

दोलखा । दोलखाका म्यादी प्रहरीलाई लैङ्गिक हिंसा सम्बन्धि तालिम दिइएको छ । निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने र मतपेटिका सुरक्षा गर्ने तालिमसँगै समय मिलाएर म्यादी प्रहरीलाई लैङ्गिक हिंसा सम्बन्धि तालिम दिइएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

म्यादी प्रहरी मार्फत आगामी दिनमा लैङ्गिक हिंसाका घटना न्युनिकरण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम प्रदान गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । म्यादी प्रहरीको सेवा समाप्तीपछि उनीहरूमार्फत पनि लैङ्गिक हिंसा नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा लिईएको प्रहरीको भनाई छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोग तथा दोलखा जिल्ला लैंगिक हिंसा नियन्त्रण कार्यकारिणी समितिको आयोजनामा भएको तालिममा ७५ जना महिला र ५० जना पुरुष गरी १ सय २५ जना म्यादी प्रहरीको सहभागिता रहेको दोलखा जिल्ला लैङ्गिक हिंसा नियन्त्रण कार्यकारिणी समितिका उपाध्यक्ष रविन्द्र गौतमले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: