महिला कामदारले धानेका छन् देशकै पहिलो अर्गानिक चिया कम्पनी


प्रकाशित मिति :2017-11-06 17:01:13

रुजु खतिवडा\महिला खबर

पाँचथर । देशकै पहिलो अर्गानिक चिया कम्पनीले ७० प्रतिशत महिलालाई रोजगार दिएको छ ।

जिल्लाको पहिलो र ठूलो चिया बगानको रुपमा स्थापित कञ्चनजंघा टी–स्टेट एण्ड रिसर्च सेन्टर प्रा.लीले ७० प्रतिशत महिला कामदारलाई रोजगार दिएको कम्पनीका निर्देशक निरानन्द आचार्यले बताए ।

चिया बगान र उद्योगमा कामगर्ने मजदुरहरूमा महिलाहरू छिटो, भरपर्दो र निरन्तर काम गर्ने भएकोले महिला कामदारको संख्या बढि भएको उनले बताए ।
‘चिया बगान र कम्पनीमा कार्यरत १ सय ५० मजदुरहरू मध्य ७० प्रतिशत महिला मजदुर छन्’ कम्पनीका निर्देशक आचार्यले भने ।

महिलाहरूको तुलनामा चिया बगान र कम्पनीमा पुरुषहरू काम नै गर्न नसक्ने भएकाले महिला कामदारको संख्या बढी रहेको आचार्यको भनाइ छ ।

पाँचथरको फिदिम नगरपालिका वडा नं. १, ७ र ८ मा करिव १४ सय बढि रोपनी जग्गामा रहेको कम्पनीको निजी चिया बगानमा उत्पादित एक लाख ५० हजार केजी हरियो चिया टिप्ने र व्यवस्थापन गर्ने सवै काम प्राय जसो महिलाहरूले नै गर्ने गरेको आचार्यले बताए ।

‘कम्पनीले ज्याला सहित अन्य विभिन्न आकर्षक सेवा र सुविधाहरू समेत दिएको छ’ रनमाया वि.कले भनिन् । २०५१ सालमा स्थापना भएकोे कारखानामा आफु जस्ता थुप्रै महिलाहरूका लागि दैनिक गुजारको एक मात्र बाटो भएको विक बताउछिन् ।

कम्पनीको बगानको चियाको पत्ति टिप्ने रोलिङ गर्ने, फर्माटेसन, डायर सटिङ, ग्रेडिङ, प्याकेजिङ जस्ता काम महिलाहरूले गर्ने गरेकोे वि.क बताउछिन् ।
कम्पनीले आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई रोजगारी दिएको वताउँछिन् पार्वता ओझा । उनका अनुसार दैनिक मजदुरी गरेवाफत २ सय ५३ रुपैयाँ तलव दिने गरेको बताईन् ।

जिल्लामा करिव ११ सय चिया कृषकले पाँचथर जिल्लामा १० हजार ३ सय २३ रोपनी क्षेत्रफलमा चिया खेती गर्ने गरेकोे चिया तथा कफी विकास बोर्ड पाँचथरले जनाएको छ । जिल्लामा अहिले करिब एक दर्जन चिया प्रशोधन कारखानाहरू छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: