थामी महिलाको फुर्सदको व्यवसाय, मासिक ९-१० हजारसम्म कमाइ


प्रकाशित मिति :2017-11-07 12:31:45

सर्मिला बुढाथोकी\महिला खबर

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर २ चाथलीकी शारदा थामीको अहिले दैनिकी फेरिएको छ ।

पहिले घरमै कामधन्दामा व्यस्त हुने थामी अहिले फुर्सद पाउन साथ उनी नजिकैको ढाका उद्योगमा पुग्छिन् । र तानमा धागोसँग खेल्न थाल्छिन् ।

‘घरको काम सकेर फुर्सदमा ढाका उद्योगमासल, गलबन्दी, कुर्ता बुन्ने गरेको छु’ शारदाले भनिन् ।

तानबाटै उनको मासिक ८\९ हजार रुपैयाँ कमाई हुन्छ, जसले घरको खर्च चलाउन सहज भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ चाथलीमा लघु उद्यम विकास कार्यक्रम (मेडेफ)को सहयोगमा वि.स २०७० सालमा स्थापना गरिएको ढाका कपडा बुनाई साझा सुविधा केन्द्रमा शारदा जस्तै अन्य ९ जना महिलाहरू पनि घरको काम सकेर ढाका उद्योगमा पुग्छन् ।

चाथली लघुउद्यमी समूहमा आवद्ध थामी महिलाहरू घरधन्दा सकेर बचेको समयमा ढाका उद्योगमा काम गर्दा परिवारको गुजारा चलाउन सहज भएको बताउँछन् ।

समूहकी सदस्य रञ्जना थामी पनि उद्योगमा जान थालेको लामो समय भयो । घर नजिकै घरेलु उद्योग भएकोले कामबाट फुर्सद मिलेको बेलामा समेत काम गर्न सकिने र त्यसबाट मासिक ६-७ हजार कमाई हुने उनले बताइन् । फुर्सदमा गरेको कामबाट भएको आम्दानी घर खर्चमा प्रयोग हुने र केही बचेको पैँसा बचत गर्ने रञ्जना बताउँछिन् ।

स्थानिय रोजा थामी पनि ढाका उद्योगमा काम गरेर मासिक ९-१० हजारसम्म कमाउँछिन् । उनी भन्छिन्, ‘घर नजिकको उद्योग, काम पनि सजिलै छ, फुर्सदमा काम गर्दा पनि घरमा नुन तेल किन्न र थोरै बचत गर्न पुगेको छ ।’

मेडेफले उद्योग स्थापनाको लागि ३ लाख ५० हजार रुपैयाँ दिएको थियो । यस्तै समूहले एक लाख ३० हजार रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।

अहिले समूहमा आवद्ध ९ जना महिलाहरूले उत्पादन गरेको ढाकाको विभिन्न सामग्री समूहले नै बजारसम्म बिक्रि गर्ने व्यवस्था मिलाएको छ ।
उद्योग रहेको घरमा समूहले नै मासिक ५ सय रुपैयाँ भाँडा तिर्छ । समूहमा आवद्ध ९ जना सदस्यले मासिक १ सय रुपैयाँ बचत गर्ने र त्यो पँैसा आवश्कता अनुसार उद्योगी महिलाहरूले धागो किन्न सापट चलाउन सक्ने समूहका अध्यक्ष चन्दा थामी बताउँछिन् ।

लघु उद्योगमा उत्पादित सल ७ सय, गलबन्दि ३ सय, कुर्ता १५ सय देखि २ हजारसम्म, पछ्र्यौरा १२ सय देखि १५ सयसम्म टोपि २ सय ५० रुपैयामा बिक्रि हुने गरेको अध्यक्ष चन्दाले बताइन् ।

उद्योगमा कार्यरत महिलाहरूलाई सुरुमा ग्रामीण उद्यम विकास केन्द्र (आरइडिसी) ले ४ महिनाको तालिम दिएको आरइडिसीका टिम लिडर सुमन उप्रेतीले बताए ।

समूहका महिलाहरूलाई ढाका बुनाई सम्बन्धि जानकारीको लागि आरइडिसीले तेह्रथुम, तनहुँ, पाल्पा लगायतका जिल्लाको भ्रमण समेत गराएको उप्रेतीको भनाइ छ ।

थामी महिलाहरूले सञ्चालन गरेको ढाका उद्योगको उत्पादन दोलखाको चरिकोट, जिरी र काठमाडौँ लगायतका स्थानहरूमा बिक्रिवितरण हुँदै आएको समूहका अध्यक्ष चन्दाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: