-महिला खबर-
चितवन । महिलाले मात्र सञ्चालन गरेको पुल्चोक बचत तथा ऋण सहकारीको ५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
भरतपुर ४ लंकुमा भएको साधारसभाको उद्घाटन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका निमित्त प्राचार्य रामभक्त रानाभाटले महिलाले सञ्चालन गरेका सहकारीको प्रशंसा गरेका थिए ।
जिल्ला सहकारी संघ चितवनका सह–सचिव केशव प्रसाद रेग्मीले पछिल्लो समयमा छोरीको भुणहत्याका घटना चितवनमा बढ्न थालेको भन्दै सहकारीले सामाजिक सरोकारका विषयमा पनि अभियान थाल्न आग्रह गरे ।
कार्यक्रममा सहकारीकी निमित्त सचिव रुमी श्रेष्ठ आमात्यले एक करोड ५४ लाख ९२ हजार २ सय ४२ बराबरको प्रगति एवम प्रस्तावित प्रतिबेदन पेश गरेकी थिइन् ।
कोषाध्यक्ष अनु भट्टराईले एक करोड ७८ लाख ५० हजार रुपैँया बरावरको आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरिन् ।
लेखा समिती संयोजक मिना श्रेष्ठले र ऋण उपसमिती संयोजक रेनु श्रेष्ठले समेत लेखा तथा ऋण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
वि.स २०७० सालमा ३१ जनाबाट सुरु भएको सहकारीमा हाल ४ सय १६ जना महिला सेयर सदस्य रहेका छन् ।
Comment Here!