ठुला दलबाट ४३ जना महिला चुनावी मैदानमा (नामसहित)


प्रकाशित मिति :2017-11-08 15:23:14

–महिला खबर–

काठमाडौं । दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख तीन दलले ४३ जना महिलालाई मात्रै उम्मेदवार बनाएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अत्यन्तै न्यून संख्यामा महिलालाई उम्मेदवार बनाएका छन् ।

दुवै चरणका लागि काँग्रेसले १५ जना महिलालाई उम्मेदवार बनाएको छ । पहिलो चरणमा प्रतिनिधिसभामा २ र प्रदेशसभामा २ गरी चार जना महिलालाई उम्मेदवार बनाएको छ । दोस्रो चरणमा ११ महिलालाई उठाएको छ ।

काँग्रेसले दोस्रो चरणमा प्रतिनिधिमा ७ र प्रदेशसभामा ४ जनालाई उम्मेदवार बनाएको छ ।

वाम गठबन्धनले २८ जना महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । जसमा एमालेले १५ र माओवादीले १३ जना महिलालाई उम्मेदवार बनाएको हो ।

एमालेबाट पहिलो चरणको प्रतिनिधिसभामा महिलाको उम्मेदवारी शून्य रहेको छ भने प्रदेशसभामा एक जनालाई मात्र उठाएको छ ।

दोस्रो चरणका लागि प्रतिनिधिसभामा ५ र प्रदेशसभामा ९ जना गरी १४ महिलालाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी माओवादी केन्द्रले पहिलो चरणको प्रतिनिधिसभामा एक र प्रदेशसभामा ३ महिला उठाएको छ भने दोस्रो चरणको प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ६ जना महिलालाई उम्मेदवार बनाएको छ ।

बाध्यकारी व्यवस्थाको अभाव

अन्तरपार्टी महिला सञ्जालका उपाध्यक्ष पुष्पा ठाकुरले कानुनमा नै बाध्यकारी व्यवस्था नभएसम्म दलहरूले महिलाहरूलाई उम्मेदवार नबनाउने भएकाले बाध्यकारी कानुनको व्यवस्था हुनुपर्ने बताउँछिन् ।

‘निर्वाचन आयोगले नै महिलाको जनसंख्याको आधारमा उम्मेदवार बनाउने बाध्यकारी व्यवस्था नगरेसम्म दलहरूले महिलालाई उठाउदैनन्’ उनले भनिन् ।

उपाध्यक्ष ठाकुरले धेरै महिला उम्मेदवार उठाउन आफ्नो सञ्जाल असफल भएको भन्दौ अब उठेका महिला उम्मेदवारलाई जिताउने सञ्जालले पहल गर्न बताईन् ।

महिला संघका अध्यक्ष उमा रेग्मीले दलहरूले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव लड्न र जित्न सक्ने महिलाहरूलाई समेत टिकट नदिएको बताइन् ।

‘दलहरूले कानुनले बाध्यकारी बनाएको ठाउँमा मात्र महिला उठाएका छन् । उम्मेदवार उठाउन पटक÷पटक भेट, छलफल, ध्यानाकर्षण र दबाब दिएका छौ तर पितृसत्तात्मक सोच दलका नेताहरूमा कायमै छ ।’ अध्यक्ष रेग्मीले बताईन् ।

उनले नेताहरूले महिलाहरूलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको आरोप लगाइन् ।

पहिलो चरण– प्रतिनिधिसभा

रुकुम पूर्व क्षेत्र नं १ः कमला रोका,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
खोटाङ्ग क्षेत्र नं १ः सरस्वती वजिमय,  नेपाली काँग्रेस
बागलुङ क्षेत्र नं १ः चम्पा देवी खड्का, नेपाली काँग्रेस

प्रदेशसभा

म्याग्दीः नरदेवी पुन मगर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नुवाकोटः राधिका तामाङ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
गोरखाः कमला नहर्की,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बझाङ्गः देवकी मल्ल (थापा), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
ताप्लेजुंगः लिला देवी वोखिम (लिम्बू), नेपाली काँग्रेस
बझाङ्गः चन्द्रा देवी जोशी,  नेपाली काँग्रेस

दोस्रो चरण – प्रतिनिधिसभा

तेह्रथुम क्षेत्र नं १ः सिता गुरुङ, नेपाली काँग्रेस
महोत्तरी क्षेत्र नं २ः किरण यादव, नेपाली काँग्रेस
काठमाडौं क्षेत्र नं ३ः अम्विका बस्नेत, नेपाली काँग्रेस
मकवानपुर क्षेत्र नं २ः महालक्ष्मी उपाध्याय(डिना), नेपाली काँग्रेस
दाङ क्षेत्र नं १ः सुशिला चौधरी, नेपाली काँग्रेस
कैलाली क्षेत्र नं १ः ईश्वरी न्यौपाने, नेपाली काँग्रेस
कैलाली क्षेत्र नं ५ः आरजु राणा देउवा, नेपाली काँग्रेस
ललितपुर क्षेत्र नं ३ः पम्फा भुसाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
पर्सा क्षेत्र नं ४ः उर्मिला अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
कन्चनपुर क्षेत्र नं १ः बीना मगर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
झापा क्षेत्र नं २ः पवित्रा निरौला (खरेल), नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सुनसरी क्षेत्र नं ३ः भगवती चौधरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
उदयपुर क्षेत्र नं १ः मन्जु कुमारी चौधरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
स्याङ्जा क्षेत्र नं २ः पद्मा कुमारी अर्याल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कैलाली क्षेत्र नं १ः मदन कुमारी शाह, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

दोस्रो चरण – प्रदेशसभा

इलाम  खिनु लङवा लिम्बु, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
उदयपुरः कला घले, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
महोत्तरीः शारदा देवी थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सर्लाहीः वेची लुङ्गेली, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौंः विष्णु कुमारी भुसाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौंः अष्टलक्ष्मी शाक्य (वोहरा), नेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौंः रमा आले मगर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
रुपन्देहीः पल्लबी शुकला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
बाँकेः आरती पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
मोरङ्गः गीता तिम्सिना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
ललितपुरः लाल कुमारी पुन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
मकवानपुरः कुमारी मुक्तान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बाराः ज्वाला कुमारी साह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
तनहुँःआशा कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बाँकेः कृष्णा के.सी., नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
काठमाडौंः रमा पौड्याल (गुरागाईं), नेपाली काँग्रेस
काठमाडौंः राज्य लक्ष्मी, श्रेष्ठ नेपाली काँग्रेस
कास्कीः शारदा पौडेल, नेपाली काँग्रेस
कैलालीः जीवन राना, नेपाली काँग्रेस

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: