प्रकाशित मिति :2017-11-08 15:53:53
नेपालगंज २२ गते ।
महिलालाई आफ्नो सुरक्षाप्रति सजग र सम्वेदनशील हुन प्रेरित गर्नका लागि नेपालगंजमा ‘महिला आत्म सुरक्षा’ को तालिम दिइएको छ ।
महिला हिंसा बढिरहेका बेला महिलाहरुलाई आत्म सुरक्षा बारे सचेत गराउनका लागि बासको आयोजनामा अभिमुखिकरण आयोजना गरिएको हो ।
महिला अधिकारका क्षेत्रमा काम गर्ने महिला, सामाजिक परिचालक, सञ्चारकर्मी, संघ, संस्थाका महिला प्रतिनिधि, स्वयम्सेवकहरु गरि ५० बढिको सहभागितामा तालिम सम्पन्न भएको हो ।
महिला आत्म सुरक्षा विशेषज्ञ गिरी बहादुर सुनारले सहजिकरण गरेको तालिममा महिला हिंसा, हिंसाका कारण, प्रकार, परिणाम, महिला हिंसाको अवस्था, महिला असुरक्षा, महिला सुरक्षाका लागि स्वयं महिलाहरुले खेल्ने भूमिका, आत्मसुरक्षा, आत्मसुरक्षाका प्रकारहरुका बारेमा प्रशिक्षण दिईएको हो ।
अभिमुखिकरण पश्चात प्रतिकृया दिँदै तालिमकी सहभागि अछरि पोख्रेलले तालिम व्यवहारिक र प्रभावकारी भएको बताईन् । तालिम प्रभावकारी भएको बताउँदै तालिम अवधि बढाउनु पर्ने सहभागिहरुको प्रतिकृया थियो तालिमका सहभागिरुले तालिमबाट आफ्नो आत्मसुरक्षा बारे व्यवहारिक सिप सिकेको बताए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले अभिमुखिकरण सञ्चालन गरेका थिए ।
Like this:
Like Loading...
Comment Here!