शिक्षक महिलाले धानेको नमूना विद्यालय


प्रकाशित मिति :2017-11-08 17:25:25

–रमेश रावल–

कालिकोट । जिल्लामा महिला शिक्षक मात्र रहेको एक विद्यालय नमुना बन्दै गएको छ । तिलागुफा नगरपालिका–१ घडेराको जगनाथ आधारभूत विद्यालयमा तीन जना शिक्षक महिला छन् ।

विद्यालयमा महिला मात्र शिक्षक छन् । कक्षा कोठाको सजावट, पढाइ लगायतका विषयमा उक्त विद्यालय जिल्लाकै अब्बल विद्यालयको रुपमा चिनिदै गइरहेको छ ।

जगनाथ आधारभूत विद्यालयमा प्रधानाध्यापकका रुपमा बिमला ढुङ्गाना, शिक्षक सारदा केसी र जिल्ला शिक्षा कार्यालयबाट दरबन्दी भएर इसिडी कक्षा शिक्षकका रुपमा गिता बुढा कार्यरत छन् ।

यी तिन महिला शिक्षक मिलेर चलाएको विद्यालय कुनै सेवा सुविधा निजी नीजि विद्यालयभन्दा कम छैन् ।

जगनाथ आधारभूत विद्यालयमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ की बिमला ढुंगाना वि.स २०६६ सालमा दरबन्दी राहत शिक्षक र सुर्खेत गुरासँे गाउँपालिकाका सारदा के.सी. अस्थायी करार शिक्षकका रुपमा हाजिर भए । विद्यालयमा पहिलो पटक जाजिर हुँदाको अनुभव सुनाउँदै प्रधानाध्याक बिमला ढुंगानाले भनिन्, ‘स्थानीयहरूले आइमाइले पनि पढाउन सक्छन् ? भनेर प्रश्न गरे ।’

ढुङ्गाना र केसीलाई सधँै यी दुई कुराले मनमा घोचिरह्यो । विद्यालयमा हाजिर भएपछि ढुङ्गानाले प्रधानाध्याकको रुपमा र केसीले सहयोगी शिक्षकको रुपमा काम गर्न थाले । ८ वर्ष त्यहाँ रहँदा अहिले ढुङ्गाना र केसीले नमुना विद्यालयका रुपमा विद्यालयलाई स्थापित गरेका छन् ।

विद्यालयमा हाजिर हुँदा स्थानीयले आफूहरूलाई आइमाईले चलाएको विद्यालय के पढाई हुन्छ र ? भन्दै गरेका टिका टिप्पणीबाट प्रेरित भएर यस्तो भन्नेहरूका अगाडि केहि गर्नुपर्छ सोचेर नमुना विद्यालय बनाउँन लागेको ढुङ्गाना र केसीको भनाइ छ ।

विद्यालयमा सुरुमा आउँदा यी आइमाई के विद्यालय चलाउँलान् ? भनेर स्थानीयले नपत्याए पनि यहाँको पढाई हुने विधि शहरका मन्टेश्वरी स्कुलभन्दा कम नरहेको स्थानीय अभिभावक सेते दमाईले बताए ।

‘सुरुमा आईमाईले पनि स्कुल चलाउँन सक्छन र ? भनेर गाउँमा कुरा काटिन्थ्यो’ उनले प्रशंसा गर्दै भने, ‘ढुङ्गाना र केसी म्याड्मले शहरमा महंगोमा पढाई हुने मन्टेश्वरी बोर्डिङ स्कुलभन्दा पनि धेरै राम्रो पढाउनु भएको छ ।’

‘सुरुमा आउँदा विद्यालयमा निकै चुनौती थियो । अव्यवस्थित कक्षा कोठा, सरसफाइमा कमी, पढाई सामग्रीको अभाव लगायतका समस्या नै समस्या रहेको थियो ।’ प्रधानाध्यापक ढुङ्गानाले भनिन् ‘मैले धेरै प्रयास गरेर विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्था, कक्षा कोठाको सजावट गरेँ ।’

संघ–संस्थाहरूबाट विद्यालयमा शैक्षिक सुधारका बिषयमा छलफल गरेर सहयोग पाएको उनले बताइन् ।

कक्षा १ देखि ३ सम्म विद्यार्थीलाई पढाउनका लागि प्रशस्त शैक्षिक सामग्री र खेलौनाको ब्यवस्था गर्न विभिन्न संघ–संस्थाहरूले साथ दिएको प्रअ ढुंगानाले बताइन् । उनले भनिन्, ‘खुल्ला चौरमा विद्यालय थियो । खानेपानीको ब्यवस्था थिएन् । हाम्रो लगनशिलतामा सेभ द चिल्ड्रेन र किर्डाक नेपाल संस्थाले साथ दिए । काम गर्न सजिलो भयो ।’

जगनाथ आधारभुत विद्यालय नगरपालिका भित्रकै नमुना आधारभूत विद्यालयमा दुई महिला शिक्षकको मेहनतले नै विद्यालयको शैक्षिक सुधार सम्भव भएको तिलागुफा नगरपालिकाका उपमेयर दन्ता नेपाली(दर्शना)ले बताइन् ।

उनले भनिन् ‘यो नगरपालिकाभित्र कै नमुना विद्यालय हो । महिलाले मात्रै सञ्चालन गरेको विद्यालय अब्बल दर्जाका रुपमा स्थापित भएको छ ।’

विद्यालयमा महिला मात्र शिक्षकका साथै शैक्षिक सुधारमा निकै मेहनत गरेको देखेर

विद्यालय सुधार र विद्यार्थीको पढाईमा सुधार ल्याउन आफूहरूले विद्यालयमा शैक्षिक सहयोग गरेको सेभ द चिल्ड्रेन कालिकोटका टिम लिडर बिजय बिश्वकर्माले बताए ।

उनले भने, ‘यहाँ पढाउने शिक्षकको लगनशिलता देखेर हामीले शैक्षिक सामग्री सहयोग गरेका हौ । शिक्षकाहरूले सही उपयोग गरेका छन् ।’

जिल्लामा महिलाहरू मात्रै शिक्षक रहेको यो विद्यालय अरू विद्यालय भन्दा निकै उत्कृष्ट विद्यालय रहेको शैक्षिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था किर्डाक नेपालका कालिकोट जिल्ला संयोजक तुलाराम पाण्डेले बताए ।

‘विद्यालयमा महिला शिक्षका मात्र रहेको यो विद्यालय कर्णाली अञ्चलमा नै सम्भवत पहिलो हुनसक्ने र अरूभन्दा शैक्षिक क्षेत्रमा निकै अनुशासित, नियमियतामा पहिलो भएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका उप–निर्देशक रमेश थापाले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: