सिर्जनाले जितिन् एनपिस अवार्ड  


प्रकाशित मिति :2017-11-09 11:06:33

सर्मिला बुढाथोकी
दोलखा÷सन् २०१७ को एनपिस अवार्ड दोलखा घर भएकी अधिकारकर्मी सिर्जना कार्कीले जितेकी छन् । द्वन्द्व व्यवस्थापन, निवारण र शान्ति निर्माणमा काम गर्ने एसियाका ७ महिलालाई प्रदान गरिने अन्तराष्ट्रिय स्तरको एनपिस अर्वाड नेपालको प्रतिनिधित्व गर्दै कार्कीले जित्न सफल भएकी हुन् । 
नेपालबाट एनपिस अवार्डका लागि ३ जना महिला छनौटमा परेका थिए । ३ जना मध्य भोटिङ र कार्य अनुभवको आधारमा दोलखावाट सिर्जना कार्की छनौटमा परेकी हुन् ।
दोलखाको तामाकोसी गाउँपालिकास्थित झुलेमा जन्मिएकी कार्कीले २०५८ सालदेखि निरन्तर महिला हिंसाका क्षेत्रमा स्वयम्सेवकको रुपमा न्याय दिलाउन सहयोग गर्दै आएकी छन् ।
कार्कीले २०६९ सालमा  आवाज नेपाल संस्थाको स्थापना गरेर औपचारिक रुपमा संस्थागत कामको सुुरुवात गर्दै आएकी छन् । हिंसा प्रभावित महिला तथा बालबालिका तथा विशेष गरी आफ्नै परिवारवाट जवरजस्ती करणीमा परेका किशोरी र बालिकाको संरक्षण, पालन पोषण, शिक्षा जस्ता न्यायिक कार्य गर्दै आएकी कार्कीले भूकम्पछि आवाज नेपालद्वारा हिंसामा परेका महिला, जोखिममा परेका बालबालिकाका संरक्षणको लागि स्नेह केन्द्र सञ्चालन गरेकी छन् ।
हाल स्नेह केन्द्रमा ७ बालबालिका र ६ महिला स्थायी रुपमा बस्दै आएका छन् ।
तस्विरः सिर्जना कार्की

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: