लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन


प्रकाशित मिति :2017-11-09 11:10:37

दोलखा-जिल्लाका विभिन्न गाउँपालिका तथा विद्यालयहरूमा लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धि चेतनामूलक अभियान सञ्चालन भएको छ ।

एसियाली विकास वैङ्कको सहयोग तथा जिल्ला प्रहरी कार्यालय दोलखाको समन्वयमा लैङ्गिक हिंसा नियन्त्रण जिल्ला कार्यकारीणी समिति दोलखाले अभियान चलाएको हो ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर ५ स्थित ढुङ्गेश्वरी माविमा लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धि चेतना मूलक अभियान सञ्चालन गरेको छ ।

अभियानको क्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई बालविवाह, महिला हिंसा, बालअधिकार हनन्का घट्ना र त्यसको रोकथामको लागि विद्यार्थीहरूले खेल्नुपर्ने भूमिका लगायतको विषयमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अनु लामा, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला कार्यकारीणी समिति दोलखाका अध्यक्ष सिर्जना कार्की लगायतले प्रशिक्षण दिएका थिए ।

त्यसैगरी दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धि चेतना मूलक अभियान तथा भिडियो प्रर्दशनि गरिएको छ ।

लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धि चेतना मूलक अभियानमा प्रहरी निरीक्षक अनु लामा र लैङ्गिक हिंसा नियन्त्रण जिल्ला कार्यकारीणी समिति दोलखाका अध्यक्ष सिर्जना कार्कीले लैङ्गिक हिंसा, कानुनी प्रावधान र नियन्त्रणको उपाएका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा एक सय भन्दा बढी महिला सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की दुई वर्षदेखि सञ्चालनमा रहेको लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धि चेतना मूलक अभियानले बालविवाह नियन्त्रण, घरेलु हिंसा नियन्त्रण, महिला अधिकार वहाली जस्ता कुरा निक्कै प्रभावकारी बनेको र जिल्लामा महिला हिंसाका घट्ना क्रमशः कम हुदै गएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: