अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चेली पूनम घिमिरे, सबैले सक्दो भोट गरौ (लिंकसहित)


प्रकाशित मिति :2017-11-09 11:35:26

११ बर्षको उमेर देखिनै ‘छोरीलाई पनि शिक्षा दिनु पर्दछ’ भन्ने सडक नाटक खेली बिधालय तथा परिवारको सहयोगमा सडकमा समेत’सडक नाटक’ मन्चन गरेकी मकवानपुर गढी निवासी पूनम घिमिरे सानै उमेर देखि सामाजिक सेवामा अग्रसर थिइन ।

बिधालयमा अब्बल क्षात्राको रुपमा छुट्टै पहिचान बनाउन सफल भएकी पूनम अतिरिक्त क्रियाकलापमा पनि सधै पुरस्कृत हुने गर्दथीन । SLC परिक्षामा ८७% अंक प्राप्त गर्न सफल भएकी पूनमले दस जोड दुईमा बिज्ञान संकाए तर्फ ८१.९०% अंक ल्याउन सफल भएकी थिइन ।

तस्बिर: पुनम घिमिरेको फेसबुकबाट

सन २०१२ मा बिश्व बन्यजन्तु कोषको प्रसिद्ध छात्रवृत्ति पाउन सफल भई बन बिज्ञान (BSC Forestry) बिषयमा अध्ययन गरेकी र BSC Forestry को परिक्षामा समेत ७८.५% अंकका साथ् उतीर्ण हुन सफल भईन भने अध्ययन संगै समाजसेवालाई समेत निरन्तररुपमा अगाडी बढाउदै लागेकी छिन ।

सन २०१४ मा ‘UNICEF को VOICE OF YOUTH’ नामक बिधुतिय (अनलाइन) पत्रिकामा ६ महिना internship गरेकी उनि हाल सोहि पत्रिकामा निरन्तररुपमा क्रियाशील छिन भने उनको लेखलाई http://www.voicesofyouth.org/en/users/228195 लग ईन गरि पढन सकिनेछ ।

उनको लेखमा दिगो बिकास प्रमुख पर्दछ । VSO नेपाल मार्फत ३ महिना बाग्लुंगको एक सरकारी बिधालयमा स्वयंसेवा गरेकी उनले पछी सोहि बिधालयमा पुस्तकालय खोल्न ३०० भन्दा बढी किताब संकलन गरि पठाएकी थिइन् साथै नेपालमा गएको विनासकारी भूकम्प पछी मकवानपुरको भार्ता गा.बि.स मा राहत लिएर सहयोग गर्न पुगेकी थिइन ।

सन २०१५ मा उनले क्यानाडाको Athabasta University बाट अनलाईन पत्रिकाको  १० हप्ते तालिम सफलतापुर्वक सम्पन्न गरेकी थिईन भने सन २०१६ मा यस्तै कार्यक्रमको लागी अमेरिका पुगेकी थिइन् र पुन: सन २०१६ सेप्टेम्बर महिनामा अमेरिकामा भएको Global citizen youth advocate award प्राप्त गरेकी थिइन ।

२० बर्षको कलिलै उमेरमानै नेपालको प्रतिनिधित्व गर्दै ‘Global youth consaltation for world humantarian summit’ नामक मानवाताबादी सम्मेलनमा भाग लिन खाडी मुलुक कतार राज्यको दोहा पुगेकी थिइन ।

सन २०१६ को मे महिना देखि उनले ‘Restless development’ को ‘Youth power campaign’ मा ११ महिना काम गरिन ।  त्यस्तै  सन २०१६ मा अमेरिकन राजदुताबासको ‘Youth advisory council’ को सदस्य समेत बनेकी थिइन भने हाल उनि ‘Child help international’ को Asia pacific सदस्य पनि छिन ।

सन २०१७ अगस्तमा जर्मन सरकारको निमन्त्रणामा युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै जर्मन पुगेकी थिइन । सन २०१७ कै सेप्टेम्बर महिनामा ‘Youth sefty at work’  सम्मेलनमा भाग लिन पुन: नेपालको प्रतिनिधित्व गर्दै सिंगापुर पुगीन ।

२२ बर्षकै कलिलो उमेरमा नेपालको प्रतिनिधित्व गर्दै विश्वका बिभिन्न ठुला ६ मुलुकको भ्रमण गरि सकेकी छिन र हाल लागु औषध दुर्ब्यसनलाई मुक्त गर्ने उद्धेश्यको साथ् खोलिएको ‘आश्रय नेपाल’ नामक संस्थाको अध्यक्ष समेत रहेकी उनले युवा तथा दिगो बिकासका कार्यक्रमहरुका साथै जलबायु परिवर्तन, वाताबरण देखि वालबालिकाहरु सम्बन्धि कार्यक्रमहरु समेत संचालन गर्दै आएकी छिन ।

प्राय: कमैमा देखिने यस्ता बिलक्षण प्रतिभाको धनी पूनम घिमिरे नेपाल आमाकी शान हुन । पुनमले हाल EU  बाट संचालन हुँदै गरेको ‘Faces2 hearts’ नामक बिश्वब्यापी अनलाईन प्रतियोगितामा भाग लिएकी छिन र एसिया महादेसबाट १ जाना मात्र छनौट हुने उक्त प्रतियोगितामा पुग्न सफल भएकी पुनम घिमिरेलाई  जिताउन यो लिंक https://www.faces2hearts.eu/blog/application/inspiration-from-diversity/ लग ईन गरेर LIKE, Comment तथा Share गर्न सकिनेछ  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: