बलात्कारीलाई कारबाहीको माग गर्दै विरोध, एक युवा पक्राउ


प्रकाशित मिति :2017-11-09 13:26:26

–महिला खबर–

काठमाडौं । सामूहिक बलात्कार गर्नेलाई पक्राउ नगरिएको भन्दै वीरगंजमा विरोध र्याली निकालिएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी एक १७ वर्षीया किशोरी यहि कात्तिक १२ गते बलात्कृत भएकी थिइन् ।

सामूहिक बलात्कार गर्ने युवा खुलेआम घुमिरहेको र प्रहरीले पक्रिन चासो नदिएको भन्दै रक्षा नेपाल पर्सा र समाज विकास समितिले बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै दबाब र्याली निकालेका हुन् ।

घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउन चासो नदिएको पीडित परिवारले बताएका छन् ।

किशोरीलाई वडाअध्यक्ष जुमादिन अन्सारीका छोरा २२ वर्षीय मुख्तार अन्सारी र उनका साथी वर्ष २३ का अन्सारी मियाले सामुहिक बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् ।

उखुबारीमा बाख्राका लागि घाँस काट्न गएकी किशोरीलाई मोटरसाइकलमा रहेका वडाध्यक्षका छोरा मुख्तार र उनका साथी अन्सारीले जबरजस्ती समातेर मुख थुनी उखु बारीमा लगेर बलात्कार गरेका थिए ।

जबरजस्ती करणी गरेपछि पीडित किशोरीलाई बेलुकी गाउँदेखि पर एकान्तमा रहेको ओली आलमको घरमा रातभर थुनेर राखेका थिए ।

घटनाको भोलिपल्ट कात्तिक १३ गते ओली आलम, रुस्तम र हरिशंकरले पीडित किशोरीलाई वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएर मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै उपचार गराएर गाउँमा लगि छाडिदिएका थिए ।

किशोरीलाई सामूहिक बलात्कार गर्ने एक युवक वडा अध्यक्षका छोरा भएकै कारण वडा अध्यक्षकै दबाबमा प्रहरीले उनीहरुलाई पक्राउ नगरेको पीडित किशोरीका दाजुले बताए ।

बलात्कार र कुटपिटको घटनाका बारेमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा कात्तिक १६ गते लिखित जाहेरी दिएको भएपनि प्रहरी निरीक्षक महेश बस्नतले कुटपिट गर्ने वडा अध्यक्ष जुमादीन, बलात्कार गर्ने उनका छोरा मुख्तार र उनका साथीलाई पक्राउ नगरेको आरोप पीडित किशोरीका दाजुले लगाए ।

घटनाका बारेमा थाहा पाएपछि किशोरीका अभिभावकले बलात्कार गर्ने मध्येका युवक मुख्तारका बुबा एवम् वडा अध्यक्ष जुमादिनसँग बुझ्दा जुमादिनले तीन जना छोराका साथमा आएर आफू, श्रीमती र छोरीलाई कुटपिट गरी घाइते बनाएको पीडित किशोरीका दाजुको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले महिला खबरसँग कुरा गर्दै मुख्तार अन्सारी र उनका साथी अन्सारी मियाको विरुद्ध जवरजस्ती करणी अन्र्तगत मुद्धा दर्ता गरिएको बताए । आरोपित युवाहरु फरार रहेपनि टोलि खटाइएको शाहीको भनाई छ ।

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

यसैगरी जवरजस्ती करणी गरेको अभियोगमा बाँकेको जानकी गाउँपालिका–२ बस्ने २० बर्षीय उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवले मंगलबारराती नेपालगंज उपमहानगरपालिका–२० नयाँ बस्ती बस्ने २४ बर्र्षीया विवाहित महिलालाई घरमा कोही नभएको अवस्थामा जवरजस्ती करणी गरेको पीडित महिलाले बताएकी छिन् ।

महिलाले हो–हल्ला गरेपछि यादवलाई स्थानीय व्यक्तिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: