हरेक मतदान स्थलमा दुई प्रहरी महिला


प्रकाशित मिति :2017-11-10 10:34:24

महिला खबर-

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाका हरेक मतदान केन्द्रमा कम्तिमा २ जना प्रहरी महिला खटाउने तयारी गरिरहेको छ । आगामी मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि यो तयारी गरिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् ।

महिला मतदाताहरूलाई सुरक्षित ढंगले मतदान गर्ने व्यवस्था मिलाउन महिला प्रहरी आवश्यक हुने भएकोले हरेक मतदान केन्द्रमा कम्तिमा दुई जना महिला प्रहरी खटाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । त्यसरी मतदान केन्द्रमा पठाउन सम्भव भएसम्म सबै ठाउँमा महिला प्रहरीनै खटाउने र त्यस्तो सम्भव नभए म्यादी प्रहरी महिला समेत मिलाएर पठाइने उनको भनाइ छ ।

महिला प्रहरी र म्यादी महिलाको संख्या हेरेर सकेसम्म एउटा बुथमा एक जना प्रहरी महिला खटाइने प्रहरी नायव उपरीक्षक कार्कीको भनाई छ ।

दुई नगरपालिका र ७ गाउँपालिका भएको दोलखा जिल्लामा ९४ वटा मतदान स्थल र १ सय ९० वटा बुथ रहेका छन् । जिल्ला सुरक्षा समितिले ९४ मतदान केन्द्र मध्य ८२ वटा अति संवेदनशिल मतदान केन्द्र र १२ वटा संवेदनशिल मतदान केन्द्र भनि बर्गिकरण गरेको छ । तर केन्द्रिय सुरक्षा समितिले भने ९ वटा अति संवेदनशिल, २४ वटा संवेदनशिल र ६१ वटा सामान्य मतदान केन्द्र भनि बर्गिकरण गरेर पठाएको जिल्ला सुरक्षा समितिको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मण बिक्रम थापाले जानकारी दिए ।

दोलखामा १ लाख ४७ हजार ९ सय २३ मतदाता मध्य ७४ हजार ४५ जना महिला र ७३ हजार ८ सय ७८ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सच्युतराज उप्रेतीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: