-महिला खबर-
पाँचथर । गत कात्तिक १६ गते स्थानीय ७ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँचथरको फाल्गुनन्द गाउँपालिकाका १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
कात्तिक १६ गते विहान बालिकालाई जवरजस्ती करणी गरेको भन्दै किशोरविरुद्ध पीडितका परिवारले बुधवार जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएका थिए ।
उजुरीपछि आरोपित किशोरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई विहीवार पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Comment Here!