नागरिकता सम्बन्धी समस्याबारे वृहत राष्ट्रिय सम्मेलन हुने


प्रकाशित मिति :2017-11-10 17:03:20

–महिला खबर–

काठमाडौं । आगामी मंसिर पाँच गते राजधानीमा नागरिकता सम्बन्धी वृहत राष्ट्रिय सम्मेलन हुने भएकोे छ । नेपाली नागरिकता सम्बन्धी देखिएका विविध समस्याको बारेमा जानकारी गराउने र वृहत छलफल गरेर समाधानको बाटो पहिल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको हो ।

सिभिल सोसाइटी नेटवर्क, महिला कानुन विकास मञ्चको सहकार्यमा नागरिकता सम्बन्धी छलफल कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो ।

कार्यक्रममा बोल्दै अधिवक्ता मिरा ढुङ्गानाले नयाँ संविधान जारी भएपनि कतिपय कानुन बन्नै बाँकी रहेकोले कानुन बनाउन विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधि पुग्ने भएकोले नागरिकता सम्बन्धी कानुन बनाउनुपर्छ भनेर झक्झकाउनु पर्ने बताउछिन् ।

अधिकारकर्मी तुलसालता अमात्यले नागरिकता सम्बन्धी बढ्दै गएको समस्याप्रति गम्भिर हुनुपर्ने विचार व्यक्त गर्दै त्यस सम्बन्धमा अहिले नवचिर्वाचित जनप्रतिनिधिहरुलाई स्पष्ट रूपमा बुझाउनु सक्नुपर्ने धारणा व्यक्त गरिन् ।

छलफल कार्यक्रममा बोल्दै माईती नेपालकी उमा तामाङले अनाथ, असाय बालबालिका ठुलो भएपछि संस्थाको पहलमा प्राप्त गरेको नागरिकतालाई बैंकलगायत सरकारी अन्य कार्यालयमा भर्नुपर्ने तीनपुस्ते विवरणमा निकै अप्ठ्यारो पार्ने गरेकोे बताइन् ।

उनले भनिन् ‘सरकारी कार्यालयको विवरणमा तीनपुस्ते विवरण भर्दा संस्थाको पहलमा प्राप्त नागरिकतामा बाबु, बाजेको नामथर हु्न्न र कतिपय असहाय व्यक्तिको पनि थर नै लेखिन्न । यस अवस्थामा त्यस्तो नागरिकता देख्दा बैंकका कर्मचारी र पुलिस प्रशासनकै मानिसहरूले खिल्ली उडाएका थुप्रै घटना छन् ।’

त्यसैगरी राजनीतिक दलको कार्यालयमा नागरिकता सम्बन्धी काम गरिरहेका सङ्घ संस्थाले नागरिकताको समस्या सम्बन्धी ज्ञापनपत्र बुझाउने निर्णय गरेको छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: