महिला तथा वाल हिंसा अन्त्य गर्न पाँच वर्षे रणनीति


प्रकाशित मिति :2017-11-12 15:05:56

-महिला खबर-

कालिकोट । महिला तथा वालवालिका विरुद्ध हुने हिंसाको अन्त्य गर्न पाँच वर्षे महिला तथा वालवालिका सेवा केन्द्र रणनीति योजना ०७४ प्रकाशन गरी सार्वजजिक गरिएको छ ।

घरेलु हिंसा, यौन शोषण, यौनजन्य अपराध, वालयौन दुव्र्यवहार, वालविवाह जस्ता हिंसाको प्रभावकारी नियन्त्रण गर्न, अनुसन्धान गरी पीडकलाई कारवाही तथा पीडितलाई न्याय दिलाउने उद्देश्यका साथ पाँच वर्षे रणनीतिक योजना तयार गरी प्रकाशन गरिएको हो ।

सेभ द चिल्ड्रेन र किर्डाक नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय कालिकोटद्धारा प्रकाशन गरिएको रणनीतिक योजनामा कालिकोट जिल्लाको परिचय, महिला तथा वालवालिका सेवा केन्द्र र सम्वन्धित केन्द्र, क्षेत्र र जिल्लावाट अपेक्षित भूमिका र कार्यहरू, महिला तथा वालवालिका बिरुद्ध हुने हिंसाका वारेमा जनाकारी गराइएको छ ।

जिल्लाप्रहरी कार्यायलका प्रहरी इन्सपेक्टर सूर्यवहादुर वोगटी र निरज चौलागाईले संयुक्तरुपमा सार्वजनिक गरेको रणनीति योजनामा वालविवाह, जवरजस्ती विवाह, वहुविवाह सम्वन्धि उजुरीको सेवा केन्द्रमा ३० प्रतिशतले वृद्धि गर्ने, सेवा केन्द्रमा उजुरी गरिएकाहरू मध्य कम्तिमा ६० प्रतिशत पीडितहरूको समाजमा पूनस्र्थापना गर्ने लक्ष राखिएको जिल्ला वालकल्याण समितिका कार्यवाहक अध्यक्ष लालवहादुर मल्लले बताए ।

पाँच वर्षभित्र सेवा केन्द्रमा तालिम प्राप्त अधिकृत लगायत ५ जना महिला प्ररीको दरवन्दी र सोही अनुसारको नियमित सेवा प्रदान गरिने रणनीतिक योजनामा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: