बहिनी करणी गरेको अभियोगमा दाजु पक्राउ


प्रकाशित मिति :2017-11-12 16:51:02

-महिला खबर-

काठमाडौं । आफ्नै १२ बर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका–१२ खहरेगाँउ बस्ने २२ बर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

गत शनिबार राति आफ्नै बहिनीलाई जवरजस्ती करणी गरेको भनी दुबै जनालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको थियो  । सूचना पाउन साथ खटिएको प्रहरी टोलीले पीडक तथा पीडितलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

बाल यौन दुराचारी पक्राउ

यस्तै बाल यौन दुराचार गर्ने कार्यमा संलग्न गरेको आरोपमा प्रहरीले शुक्रबार एक विदेशीलाई पक्राउ गरेको छ ।

काठमाडौं कोटेश्वरस्थित एक होटलको कोठाबाट शुक्रबार प्रहरीले नेदरल्याण्डका ७५ वर्षीय नागरिक हिनसिरअस एडरिनस जोसिफस क्रुजेइजनेसलाई पक्राउ गरेको हो  ।

बिभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालकहरूलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गरी गराई पीडित बनाउने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त होटलबाट १ जना नेपाली पीडित बालकलाई तत्काल उद्दार गरी गरेको थियो ।

    पक्राउ परेका विदेशी नागरिकलाई बाल यौन दुराचार अपराध अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई मुद्धा दर्ता गरी अनुसन्धान कार्य जारी रहेको अनुसन्धान व्यूरोले जनाएको छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: