लैगिंक सचेतनाका लागि मैत्रीपुर्ण ब्याडमिन्टन


प्रकाशित मिति :2017-11-13 10:11:46

-महिला खवर-

कपिलवस्तु । “हाम्रो सटल :महिला हिंसा अन्त्यका लागि” भन्ने नाराका साथ लैगिंक हिंसा न्युनिकरण बारे चेतना फैलाउने उद्धेश्यका साथ तौलिहवामा दुई दिने मैत्रीपुर्ण ब्याडमिन्टन शुरु भएकाे छ ।

साथी कपिलवस्तु, आस्था परियोजना र जिल्ला कपिलवस्तु ब्याडमिन्टन संघको संयुक्त आयोजनामा भएको खेलमा २१ डबल्सले सहभागीता छ ।

जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय, न्यायाधीश गिरीराज गौतम, प्रजिअ मदन भुजेल र प्रहरी उपरीक्षक भोजजंग शाहले ब्याडमिन्टन खेलेर मैत्रीपुर्ण खेलको उदघाटन गरेका थिए ।

नेपाल सरकारको लैगिंक हिंसा विरुद्धको पञ्चबर्षिय रणनीतिक योजनालाई सहयोग पु¥याउन सञ्चालित परियोजनाले रणनीतिमा राखेको पुरुष र युवा तथा खेलसँगको सहकार्यको नीतिलाई अबलम्बन गर्दै खेलको आयोजना गरेको आयोजकले जनाएका छन ।

खेलमा जिल्लाका सरकारी निकायका प्रमुख सहित किशोर किशोरी खेलाडीको समेत सहभागिता रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: