आठ बुँदे मागसहित राजनीतिक दललाई ज्ञापनपत्र


प्रकाशित मिति :2017-11-13 14:35:28

–रुजु खतिवडा–

पाँचथर । महिला स्रोत समूहमा आवद्ध महिलाहरुले राजनीतिक दलहरुलाई ८ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका छन् ।  दलहरुले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ महिला उम्मेदवार न्यून उठाएको भन्दै समूहले जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएको हो ।

महिलालाई राजनीतिमा अनुकुल वातावरण तयार पार्न कार्य नीति बनाई लागू गर्न, स्थानीय तहमा आवश्यक कानुन बनाई महिला सहभागिता अभिवृद्धि गर्न, घरेलु हिंसाको प्रकोप लैगिंक विभेद एवं राजनीतिक क्षेत्रमा अवसर नदिँदा महिलाको उपस्थिति घटेकाले नीतिगत तहबाट सम्बोधन गर्न माग गरेको छ ।

यस्तै समूहले महिला सशक्तिकरण समूहलाई स्थानीयतहमा आवद्ध गर्न, स्थानीय तहबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन, सीमान्तकृत महिला समुदायको आर्थिक विकासका लागि प्रभावकारी कार्याक्रम र बजेट व्यवस्था गर्न, स्थानीय तहमा निर्वाचित महिलाको दक्षता अभिवृद्धि गर्न र राजनीतिक दलको निर्णायक तहमा महिलालाई स्थापित गर्ने वातावरण बनाउन समेत माग राखेर ज्ञापन पत्र बुझाएको समूहकी अध्यक्ष गिता घिमिरेले बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: